कास्की – कास्कीको रुपा गाँउपालिका वडा नं ६ मा सुत्केरी व्यथाले च्यापेकी एक महिलालाई स्वास्थ्यकर्मीले नै बोकेर स्वास्थ्य चौकी ल्याएका छन्। गाउँमा उनलाई बोक्ने युवा जनशक्ति नभएपछि स्वास्थ्यकर्मीहरुले उनलाई बोकेर स्वास्थ्य चौकीमा ल्याएका हुन्।
१९ वार्षिया उषा परियारलाई हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा, अहेव पुरुषोत्तम प्रसाद गौतम र अनमी गीता देवकोट(सुवेदी)ले स्वास्थ्य चौकीमा ल्याएका हुन्। गर्भवती परियारको सामान्य सुत्केरी भएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।