काठमाडौं– सम्यक डाग्नोस्टिक सेन्टरका सञ्चालक तथा क्लिनिकल प्याथोलोजिष्ट डा केयुर गौतमलाई ‘इन्डियन सोसाइटी अफ लिड अवेरनेस एन्ड रिसर्च एप्रिसिएसन अवार्ड २०१८’ प्रदान गरिएको छ।
रङ्गीबिरङ्गी खेलौना, झ्याल, ढोका तथा भित्तामा लगाइने रंग लगायतमा हुने लिड (सिसा)ले बालबालिकामा पार्ने असरका विषयमा चेतना फैलाउन र यसको प्रयोग गर्न नहुने विषयमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई भारतमा अवार्ड प्रदान गरिएको हो।
अवार्ड कार्यक्रममा सहभागि भएर नेपाल आए लगत्तै स्वास्थ्यखबरले डा गौतमसँग लिडको असर, नेपालका प्रयोगशालाको अवस्था, गुणस्तरीय प्रयोगशाला, बिरामीको ल्याब रिपोर्ट किन फरक आउँछ लगायतका विषयमा कुराकानी गरेको छ।
स्वास्थ्यखबरको विशेष कार्यक्रम ‘25’मा डा गौतमले स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँग प्रयोगशालाको गुणस्तर लगायतका विषयमा गरेको कुराकानी भिडियोमा हेरौँ :