बच्चा जन्मेपछि रोगबाट बचाउन विभिन्न खोप दिनु आवश्यक छ । दुई वर्षमुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुवेलालगायत ११ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ ।
नेपाल सरकारले बालबालिकालाई रोगबाट बचाउन राष्ट्रिय खोप कार्यक्रम चलाइरहेको छ । देशका कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नपरुन् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम चलाएको हो । तर, पनि अझै ८० प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप पाएको सरकारी तथ्यांक छ ।
धेरै अभिभावकले आफ्ना नानीहरुलाई जन्मनेबित्तिकै खोप दिनुपर्छ भन्ने जानकारी पाएका छन् । तर, कति अभिभावक खोपबारे जानकार नहुुँदा बालबालिका अहिले पनि खोपको पहुँचभन्दा बाहिर छन् । कतिले खोप लगाउन सुरु गरे पनि ११ प्रकारकै खोप पाउँदैन् । अर्थात् पूरा खोप पाउँदैनन् ।
त्यसैले खोप पाउनु सम्पूर्ण बालबालिको अधिकार भएजस्तै आफ्ना बालबालिकालाई सबै खोपको मात्रा लगाउनु अभिभावकको कर्तव्य पनि हो ।
खोप लगाउँदा हुने फाइदा
बच्चा जन्मिएपछि खोप तालिकाबमोजिम तोकिएको समयमा तोकिएका सबै खोप पूरा मात्रामा लगाउँदा बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ।
बालबालिकामा रोग लाग्ने दर, अपांगता हुने दर र मृतयु हुने दरमा कमी आउँछ।
बालबालिकामा लड्ने क्षमता कम हुने हुनाले सबै खोपको मात्रा दिएमा विभिन्न सरुवा रोग लाग्नबाट बचाउन सकिन्छ।
खोप पाइने स्थान
सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत निःशुल्क उपलब्ध गराएका सबै प्रकारका खोपहरु लगाउन खोप केन्द्रको व्यवस्था गराएको छ ।
कुन खोप कहिले दिने
बालबालिकालाई खोप लगाएपछि देखापर्ने असर
खोप लगाइसकेपछि बालबालिकालाई हलुका ज्वरो आउने, सुई लगाएको ठाउँमा सुन्निन सक्छ । यो सामान्य अवस्था हो । धेरै ज्वरो आएमा वा सुई लगाएको ठाउँमा संक्रमण भएमा बालबालिकालाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगी जँचाउनुपर्छ ।
खोप कार्डको महत्व र व्यवस्थापन
बालबालिकालाई खोप लगाउदाँ दिइने कार्डको पनि दीर्घकालीन महत्व छ भन्ने सबै अभिभावकले बुझ्नुपर्छ । उक्त कार्ड बालबालिका ठूला भएर काममा लाग्दासमेत आवश्यक पर्ने भएकोले जोगाएर राख्नुपर्छ।
प्रत्येक महिना सञ्चालन हुने नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थामा आफ्ना बालबालिकालाई लगी तालिकाअनुसार खोप लगाउनुपर्छ ।
बालबालिकालाई एकपटक खोप लगाइसकेपछि अर्को पटक लगाउन आउने मितिबारे स्वास्थ्यकर्मीसँग राम्ररी जानकारी लिनुपर्छ ।
खोप कार्ड सुरक्षित राख्नुपर्छ । प्रत्येक पटक खोप लगाउन जाँदा खोप कार्ड लिएर जानुपर्छ ।
कुनै बच्चालाई खोप लगाउन छुटेको छ भने खोप केन्द्र वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
खोप कार्ड पछिसम्म काम लाग्ने भएकोले बालबालिकालाई सबै खोपको मात्रा पूरा गरिसकेपछि पनि खोप कार्ड जतन गरी राख्नुपर्छ ।
बच्चालाई हरेक पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा खोप लगाउन जाँदा बाल स्वास्थ्य कार्ड अनिर्वाय लिएर जानुपर्छ ।
बालस्वास्थ्य कार्डले बच्चाले सबै खोप पाए नपाएको भन्ने कुरा यकिन गर्ने भएकाले यसलाई सुरक्षित राख्नुपर्छ ।
स्कुल भर्ना गर्दा खोप कार्ड आवश्यक पर्ने भएकोले यो कार्डलाई जनत गरी राख्नुपर्छ ।
बच्चा भविष्यमा विदेश जान चाहेमा पनि बाल स्वास्थ्य कार्ड आवश्यक पर्ने हुनाले सो कार्ड जतन गरी राख्नुपर्छ र, बाल स्वास्थ्य कार्डलाई सफा, सुक्खा ठाउँमा राख्नुपर्छ । यसलाई आगो, पानी घाम, ओस र किराबाट बचाउनुका साथै बच्चाको पहुँचबाट टाढा राख्नुपर्छ ।