नवलपरासी– पश्चिम नवलपरासीको सरावल गाउँँपालिकाले कुपोषणयुक्त बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको छ ।
छ महीनादेखि दुई वर्षभित्रका कुपोषित बालबालिकालाई लक्षित गरी एक पटकका लागि रु पाँच हजारका दरले स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको गाउँँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए।
गाउँँपालिकाअन्तर्गत सबै कुपोषणयुक्त बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झवीश्वर रेग्मीले जानकारी दिए।
छ महीनाभित्र सबै खोप पूरा, आमाको नियमित गर्भ परीक्षण, कुपोषणयुक्त वालवालिकाको नियमित वृद्धि अनुगमन, ३५ दिनभित्र जन्मदर्ता, घरमा शौचालय करेसाबारी र दुई वर्षभित्र आमा गर्भवती नभएको हुनुपर्नेलगायतका सूचकका आधारमा कुपोषित भएकोनभएको निर्धारण गरी प्रोत्साहन रकम दिन थालेको गाउँँपालिकाले जनाएको छ ।
पश्चिम नवलपरासीका स्थानीय तहमा कुपोषण भएका बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिने सरावल गाउँपालिका पहिलो स्थानीय तह रहेको बताइएको छ । पश्चिम नवलपरासीमा सात स्थानीय तह छन् ।