काठमाडौँ – कार्तिक १४ र १५ गते देशैभरका ६ महिना देखी ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका जुकाको औषधि खुवाइदैछ।
स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले उक्त उमेरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सवैलाई आग्रह गरेको छ ।
एकवषदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई समेत निःशुल्क जुकाको औषधि खुवाइउनुका साथै ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको पोषणस्थिति थाहा पाउन पाखुराको नाप समेत लिइनेछ ।
६ महिना देखी २३ महिनाका बालबालिकाका लागि सुक्ष्म पोषण थाहा पाउन बालभिटा वितरण गरिनेछ।