काठमाडाैँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.विकास लामिछानेले राजीनामा दिएका छन्।
विगत ३० वर्षदेखि सरकारी सेवामा कार्यरत उनले जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख हुँदै बाल स्वास्थ्य महाशाखाको निर्देशकको जिम्मेवारी सम्हालिसकेका थिए।
‘विगत ५ महिनादेखि काम विहिन थिएँ, कुनै जिम्मेवारी नपाएकाले बाहिर बसेर केही गर्छु भनेर राजीनामा दिएको उनले बताए ।
उनले अवकाश पाउन अब ३ महिना बाँकी थियो।