राजविराज– सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाबाट प्रदेश –२ मा राष्ट्रिय भिटामिन 'ए' खुवाउने कार्यक्रम सुरुवात भएको छ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयको आयोजना र हनुमाननगर ककांलिनी नगरपालिकाको संयोजनमा प्रदेश –२ का सामाजिक विकास मन्त्री नवल किशोर साहले अभियानको सुरुवात गरेका हुन्।
सप्तरी साहको गृह जिल्ला हो।
सप्तरीमा पाँच वर्ष मुनिका ५ लाख ९७ हजार ३ सय ५ बालबालिकालाई भिटामिन ए तथा ५ लाख १० हजार ३ सय ९३ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको जानकारी दिइएको छ।
मन्त्री साहले अल्पायुमै कसैको मृत्यु हुन नदिन तथा बाल मृत्युदर घटाउन प्रदेश भरी एकै साथ भिटामिन 'ए' खुवाउने कार्यक्रम सञ्चालन गरिएको बताए।