काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा जगदिश प्रसाद अग्रवालले बेइमानी र भ्रष्ट्राचारले उच्च रक्तचाप, मधुमेह लगायतका नसर्ने रोगको भार बढाइरहेको बताएका छन्।
भारतको बनारस हिन्दु विश्वविद्यालय र आइकन्फ्रेन्सले आयोजना गरेको ‘इन्टिग्रेटेड एप्रोच टु म्यानेजमेन्ट अफ लाइफस्टाइल डिसअर्डर’ नामक पहिलो अन्तराष्ट्रिय सम्मेलनमा डिन अग्रवालले उक्त कुरा बताएका हुन्।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका डिन डा अग्रवालले अस्वस्थ खानपान र 18मा आएको परिवर्तनसँगै दक्षिण एसियाली देशहरुमा बेइमानी र भ्रष्ट्राचारले पनि नसर्ने रोगहरुको भार बढाइरहेको बताएका हुन्।
‘दक्षिण एसियाली देशहरुमा अरु दुईवटा अस्वस्थ 18 छन् ती हुन् बेइमानी र भ्रष्टाचार। लामो समयसम्म बस्ने र विद्युतीय सामानको प्रयोगले 18 परिवर्तन गरिरहेका छन् भने बेइमानी र भ्रष्टाचारले पनि गरिरहेका छन्’ कार्यक्रममा उनले भने, ‘यसले मानिसमा तनाव पैदा गर्दै लैजान्छ र 18लाई अस्वस्थ बनाउँदै रोगहरुको भार पनि थप्दै जान्छ।’
उनले इमानमा रहेका र अनियमितता तथा भ्रष्ट सोच नभएकाहरु खुसी र स्वस्थ रहेको पनि बताए। ‘तर बेइमानी गर्ने र भ्रष्ट्राचार गर्नेहरुमा भने एक मात्र नभई बहु रोगहरु देखिन्छ,’ उनले भने, ‘त्यसकारण जीवनलाई स्वस्थ र खुसी बनाउन यस्ता गलत सोचहरु त्याग्नु पर्छ।’ मानिसको 18 अस्वस्थ र विकृत बनाउने कारक नै बेइमानी र भ्रष्ट्र सोच भएका कारण यस्तो सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको उनले बताए।
अस्वस्थ्य 18ले करौडौँ मानिसहरुहरु नियन्त्रण योग्य तथा रोकथाम गर्न सकिने रोगबाट पनि शिकार भइरहेको जानकारी दिँदै उनले उच्चरक्तचाप, मधुमेह, डाइस्लीपिडेमिया, विभिन्न प्रकारका क्यान्सर, मानसिक रोग जस्तै डिप्रेसन लगायतका रोग अस्वस्थ्य 18को कारक बनिरहेको बताए।
काशि हिन्दु विश्वविद्यालयका डिन यामिनी भुषण त्रिपाठीले अनुसन्धानका कार्यक्रमा नेपालसँग सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी दिए। ‘स्वास्थ्य क्षेत्रमा थुप्रै अनुसन्धानका कार्य गर्न आवश्यक छ,’ उनले भने, ‘यो कार्यमा हामी नेपालसँग सहकार्य गर्न तयार छौं।’
कार्यक्रममा आयुर्वेद सेवाका निर्देशक सत्यनारायण सिंहले 18मा आएको अस्वस्थ परीवर्तनले विश्वभर रोगको भार थप्दै गइरहेको बताए। उनले यो क्षेत्रमा अहिले नै सचेत भएर काम गर्नुपर्ने बेला आइसकेकोमा जोड दिए।