सहज स्वास्थ्य सेवाका लागि सहयोग पुग्ने उद्देश्यले तयार पारिएको मोवाइल एप्लिकेशन ‘डकनक’ सार्वजनिक भएको छ।
यो प्रविधिले डाक्टर, नर्सजस्ता जनशक्ति खोज्न, औषधि मगाउन, एम्बुलेन्स बोलाउनदेखि प्रयोगशाला जाँचका लागि समेत घरैमा बसिबसि सेवा प्रदायकलाई बोलाउन एकदम सहयोगी हुने बताइएको छ।
‘डक्टर अन डिमाण्ड प्रा.लि’नामक कम्पनीले निर्माण गरेको यस एपले समयको बचत र सहज सेवा पुर्यािउने लक्ष्य राखेको छ।
के हो डकनक ?
यो एउटा मोबाईल एप्लिकेशन हो जसको सहायताले सहजै आवश्यक परेका बेला व्यक्तिले चाहेको स्थानमा डाक्टर बोलाउन वा डाक्टर रहेको ठाउँमै पुगेर सेवा लिनका समय लागि समेत लिन सक्छ। त्यो स्थान चाहे घर होस् वा कार्यलय, वा अन्य कुनै आकस्मिक परेको ठाउँ यो सेवा काम लाग्नेछ। त्यसैगरी आफैलाई मात्र होइन यो एप्सको सहायताले तपाई अरु कसैका लागि समेत त्यस्तो सेवा लिइदिन सक्नुहुन्छ।स्वास्थ्यसँग सम्बन्धित सेवा प्रदायक व्यक्ति, संस्था र सेवाग्राही दुबै पक्ष यस एप्समार्फत् जोडिएका हुनाले दुवै पक्षले सेवा लिनसक्छन् ।
के के छन् सेवा?
डाक्टर भेट्ने/बोलाउने
यस एप मार्फत् कुनै विषयमा स्वास्थ्य परीक्षण वा नियमित जाँचका लागि आफ्नो सबैभन्दा नजिक रहेको डाक्टरलाई बोलाउन सक्नुहुन्छ । यो एप्लिकेशनमा दर्ता गरिएका डाक्टरमध्ये सबैभन्दा नजिक भएका डाक्टरको सेवा लिनसक्नुहुन्छ । घरैमा बसिबसि आफूले चाहेको विशेषज्ञसँग भेट गर्नका लागि पनि समय बुक गर्न सहज बनाउँछ यस एपले। तर इमरजेन्सी अवस्थामा भने उच्च तहको सेवा चाहिने अवस्थामा यो सुविधा प्रयोग नगरेको राम्रो।
आकस्मिक सेवा
आकस्मिक अवस्थामा तपाईको घरनजिकै रहेको एम्बुलेन्स बोलाउनका लागि यो सुविधा प्रयोग गर्नसकिनेछ। यो एपमा गएर एम्बुलेन्स अप्सनमा गएर लोकेसन दिनासाथ सिष्टमले नै नजिकको एम्बुलेन्ससम्म यो खबर पु¥याउने काम गर्छ ।
औषधि मगाउन
यो एप्लिकेसनबाट औषधि मगाउन (अर्डर गर्नं समेत सकिन्छ। डाक्टर्सले लेखेको अक्षर टाइप गरेर वा प्रेस्क्रिप्सनको फोटो खिचेर सिष्टममा अपलोड गरेर पनि चाहिएको औषधि घरैमा मगाउन सकिने यस एपले व्यवस्था गरेको छ ।
प्रयोगशाला परीक्षण (ल्याब टेष्ट)
यो एपले सहायतामा प्रयोगशाला परीक्षण सेवा समेत लिन सकिन्छ । घरमै बसीबसी आफूलाई चाहिने जाँच सेवा अर्डर गरेपनि नमूना संकलनका लागि घरमै स्वास्थ्यकर्मीहरु आउँनेछन् । नमूना संकलन मात्रै होइन रिपोर्ट लिनसमेत प्रयोगशाला धाउनुपर्दैन ।
डक्टर र नर्स भेट्ने व्यवस्था
आफूले खोजेको डाक्टरका लागि एपबाट नाम पठाएपछि उपलब्ध समयअनुसार तोकिएको समयको जानकारी एपले दिन्छ।
सिधा सम्पर्क तथा सहायता
एप्लिकेशन प्रयोग गर्दा सबै प्रक्रिया जटिल लाग्यो भने त्यसबेला सिधै अपरेटसँग कुरा गरेर चाहेको सेवाबारे जानकारी लिन वा सेवा लिन सक्ने व्यवस्था यस एपमा छ।
डकनक नै किन ?
डकनक लोकेसनमा आधारित एप हो । स्थानीय डाक्टरहरु यसमा दर्ता गरिएका हुन्छन् । निःशुल्क रुपमा डाउनलोड गर्न मिल्ने यस एपले काठमाडाँै उपत्यकाको धेरैजसो स्थानमा सेवाग्राहीको घर दैलोमा ३० देखि ६० मिनेटभित्रै पुग्ने र सेवा दिने काम गरेको छ।