काठमाडौं– डा कल्याणमणी दीक्षित स्मारक कोषको २९औं वार्षिक समारोह सम्पन भएको छ।
कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट २०७५ सालको नाक, कान तथा घाँटी विषयको एमएस परीक्षमा प्रथम स्थान हासिल गरेका डा लिजन महर्जन र सन् २०१५ सालमा नाक, कान तथा घाँटी सम्बन्धी स्पिच एण्ड हियरिङ्ग विषयको ब्याचलर इन अडियोलोजी एण्ड स्पिच–ल्यांग्वेज प्याथालोजी परीक्षामा प्रथम भएका आशिष शर्मालाई स्वर्ण पदक, नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो।
हरेक वर्ष जस्तै यो वर्ष पनि लामोसमय देखि बहिरा बाल बालिकाहरुलाई शिक्षा प्रदान गरेको सिद्ध बहिरा बालक स्कूल, बीरेन्द्रनगरका शिक्षक रिदेश केसी, बहिरोपनको क्षेत्रमा योगदान दिएको करुण फाउण्डेशन नामक संस्थाका अध्यक्ष गोविन्द प्रसाद अधिकारी र नेपालको गरीब बालबालिकाहरुलाई शिक्षा प्राप्त गर्न र बहिरोपन निवारणको लागि गरीब सुनाइ र बोली भाषा विकास सम्बन्धी समस्या भएका बाल बालिकाहरु कक्लियर इम्प्लान्ट शल्यक्रिया गराउन आर्थिक सहयोग उपलब्ध गराउने कोइन नामक संस्थाको अध्यक्षको प्रतिनिधी मिस्टर माइकललाई पनि कदर पत्र प्रदान गरिएको थियो।
त्यस्तै सुस्त श्रवण भएका रीता कोइराला, मङ्गली पुटुवार र करुण दीक्षितको सम्झनामा उनकी नातीनी रक्षा पाण्डेले मेघनाथ घिमिरे गरी तीन जनालाई निशुल्क श्रवण यन्त्र वितरण गर्नुका साथै कार्यक्रमा ५ जना बहिरा छात्र–छात्रहरुलाई छात्रबृति प्रदान गरिएको थियो।
२०४६ सालदेखी कान सुन्न नसक्ने मानिसको सहयोग गर्ने उदेश्यले डा कल्याणमणी दीक्षित स्मारक कोष स्थापना भएको हो । हरेक वर्ष डा दिक्षितको जन्मतिथी पारेर त्रिभुवन विश्वविध्यालय चिकित्सा शास्त्र अध्यान संस्थान अन्तरगत नाक, कान घाँटी विभाग माहाराजगञ्जले वार्षिक उत्सव मनाउँदै आएको छ।