विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको विमानमार्फत दिउँसो २ बजे राई थाइल्याण्डका लागि उडेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन्।
दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित राईको थाइल्याण्डको राजधानी बैंककस्थित वुम्रुनग्राड इन्टरनेसनल हस्पिटलनमा उपचार हुनेछ। उनको उपचार निजी खर्चमा हुने सुवेदीले बताए।
काठमाडाैंका वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटी लगायतका स्वास्थ्य संस्थामा चेक जाँच गर्दा पनि समस्याको पहिचान हुन नसकेपछि राई थाइल्याण्ड जानु परेको सुवेदीले जानकारी दिए। उनी कात्तिक २४ गते स्वदेश फर्कने छन्।