बेनी– म्याग्दी जिल्ला सदरमुकाम बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पञ्चकर्म उपचार सेवा सुरु गरेको छ। स्नेहन र स्वयजन कर्म गरेर पञ्चकर्म विधिबाट उपचार सेवाको सुरुवात गरिएको केन्द्रका प्रमुख रमेश शर्मा भुसालले जानकारी दिए।
केन्द्रमा नशा, बाथ, पिनास तथा टाउको दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरी तातो बाफ दिएर उपचार गरिन्छ। पञ्चकर्म उपचार विधितर्फ बिरामीको आकर्षण बढ्दै गएको भुसालको भनाइ छ।
हरेक हप्ता सोमबार, मङ्गलबार र बुधबार सो सेवा प्रदान गरिन्छ। रासस