मीरा अधिकारी भरतपुर अस्पताल शल्यक्रिया कक्षकी 4 इन्चार्ज हुन्। भरतपुरलाई मेडिकल सिटी बनाउने चर्चा चलिरहँदा २०५० सालदेखि सो अस्पतालमा कार्यरत अधिकारी भने नर्सको दयनीय अवस्थाले चिन्तित छिन्। भरतपुरलाई मेडिकल सिटी घोषणा गर्दैगर्दा नर्सले पाइरहेको सेवा–सुविधामा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। चितवनलाई कार्यक्षेत्र बनाइरहेकी अधिकारीसँग स्वास्थ्य खबरपत्रिकाले चितवनमा नर्सहरुको अवस्था र 4 क्षेत्रको विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ। प्रस्तुत छ, नर्स अधिकारीले व्यक्त गरेको विचार :
चितवनको भरतपुरलाई मेडिकल सिटी बनाउने विषय चर्चामा छ । यो निकै राम्रो कुरा हो । तर, चितवनमा कार्यरत जनशक्तिको अवस्था, उनीहरुले पाइरहेको सेवा–सुविधालगायतका विषयमा पनि ध्यान दिन आवश्यक छ।
चितवनमा नर्सको अवस्था त्यति राम्रो छैन । मेडिकल सिटीमा अवसरहरु धेरै आउँछन् त्यो सकारात्मक पक्ष हो । तर, नर्सलाई दिइने सेवा–सुविधा निकै कम छ । नर्सलाई उनीहरुको क्षमताअनुसार सम्मानित रुपमा काममा लगाउने र सेवा–सुविधा दिने गरिएको छैन।
चितवनमा 4 पढाउने कलेजहरुको संख्या पनि उल्लेख्य छ । कलेजको संख्या बढेसँगै नर्सको संख्या पनि बढिरहेको छ । तर, यहाँका धेरै कलेजहरु गुणस्तरीय 4 जनशक्ति उत्पादन गर्ने ढंगले खोलिएका छैनन् । जसका कारण 4 अध्ययन गरिरहेका विद्यार्थीहरुले राम्रो सिप सिक्न पाइरहेका छैनन् । नर्सलाई राम्रो सिप सिकाउने खालका अस्पताल पनि ती कलेजसँग छैन । फलस्वरुप पास भएका 4 जनशक्तिको गुणस्तरमा प्रश्न उठ्ने खतरा बढेको छ।
नर्सहरुको उत्पादनअनुसार धेरैले रोजगारीसमेत पाएका छैनन् । अधिकांश नर्स बेरोजगार बस्न बाध्य छन् । मुस्किलले जागिर पाउनेहरुको पनि तलब निकै कम हुन्छ । कतिपय अस्पतालले त नर्सलाई लामो समयसम्म सित्तैमा काम लगाइरहेका छन् । यो अवस्थामा सुधार ल्याउन आवश्यक छ । नर्स भनेको सम्मानित पेसा हो । उनीहरुलाई योग्यताअनुसार सेवा–सुविधा दिएर काममा लगाउनुपर्छ । तर, निजी अस्पतालमा काम गरिरहेका नर्सहरुको तलब ६/७ हजार छ । धेरै तलब पाउने नर्सले १५÷१६ हजारसम्म पाइरहेका छन् । यो त दुःखद् कुरा हो नि।
नर्सको जनशक्ति उत्पादन निकै राम्रो छ। तर, अस्पतालमा भने उनीहरुलाई आवश्यकता अनुसारको दरबन्दीमा राखिएको हुँदैन। सरकारी अस्पतालमा पनि दरबन्दी निकै कम छ। निजीले त सकेसम्म थोरै नर्सबाट धेरै काम लिन खोज्छन्। भारतपुर अस्पताल अहिले ६ सय शय्याको छ। तर, सरकारले तीन सय शय्याको मात्र मान्यता दिएको छ। बाँकी तीन सय शय्या विकास समितिमार्फत चलाइएको हो। सरकारले स्वीकृति दिएको ३ सय शय्यामा पनि नर्सको दरबन्दी निकै कम छ।
त्यसमा हामी ४० जना मात्र नर्स छौं। नर्सको संख्या कम भएपछि विकास समितिले २ सय जना नर्स राखेको छ। 11 संगठनको मापदण्डअनुसार सामान्यतयाः एक जना नर्सको भागमा ५/६ जना बिरामीको सेवा गर्नुपर्ने हुन्छ। तर, हाम्रो अस्पतालमा ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा कसरी बिरामीलाई राम्रो सेवा दिन सकिएला ? नर्सहरु जीवनभर एउटै पदमा रहिरहनाले पनि उनीहरुमा ऊर्जा कम भएको छ।
जसरी डाक्टरको सुगम र दुर्गममा बसेको अवधिका आधारमा आन्तरिक बढुवा हुन्छ, त्यसरी नर्सहरुको बढुवा हुँदैन । हाम्रो त फाइल बढुवा भएर फटाफट प्रमोसन हुने चान्स नै छैन । नर्सलाई पनि काम गर्ने हौसला प्रदान गरियोस् भन्ने हामी चाहन्छौं। हामी उमेर घर्किसक्दा पनि एउटै पदमा काम गरिरहन बाध्य छौं । डाक्टरले भन्दा हामीले राम्रो काम गरेका हुन्छौं, बढी समय खटिएका हुन्छौं । तर, पनि कसैको चित्त बुझ्दैन। उल्टै हामी हेपिन्छौं, गाली खान्छौं।
डाक्टरले भन्दा नर्सले २४ घण्टा ड्युटीमा बस्नुपर्ने हुन्छ। तर, नर्सकै दरबन्दी कम राखिन्छ। झन् अहिले सरकारले करारलाई विस्थापन गर्ने भनेपछि ४० जना नर्सले ६ सय बेड कसरी धान्छन् ? यो व्यवस्था लागू भयो भने बेड घटाउनुपर्ने स्थिति आउने छ । बिरामीको चापअनुसार नर्सको दरबन्दी बढाउनु पर्छ । आइसियुहरुमा एउटा नर्सले एउटा बिरामी हेर्नुपर्छ । तर, अस्पतालमा एउटा नर्सले ७ वटा बिरामी हेर्नुपर्ने बाध्यता छ । नर्सहरु र बिरामीको संख्या नमिलेको कारणले पनि गुणस्तरीय सेवा दिन सकिएको छैन।