डा सुवास आचार्य त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आइसियु विभाग क्लिनिकल कोअर्डिनेटरका रुपमा कार्यरत छन् । यसैगरी क्रिटिकल केयरमा लागिरहेका चिकित्सकहरुको संगठनका नेप्लिज सोसाइटी अफ क्रिटिकल केयरका उपाध्यक्षको जिम्मेवारी समेत उनले सम्हालिरहेका छन् । यही संस्थाको आयोजनामा शुक्रवारदेखि नेपालमै क्रिटिकल केयर मेडिसिनको अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । विश्वका विभिन्न देशका चिकित्सक सहभागी हुने सम्मेलनमा क्रिटिकल केयरमा विश्वले खेपिरहेको चुनौतीका विषयमा छलफल हुनुका साथै चुनौती विरुद्ध संघर्ष गर्ने उपाय सामूहिक रुपमा पहिल्याइनेछ । यही सेरोफेरो क्रिटिकल केयर मेडिसिनका विषमा डा आचार्यसँग स्वास्थ्यखबरकर्मी बुनु थारुले गरेको कुराकानीः
क्रिटिकल केयर मेडिसिन भनेको के हो?
क्रिटिकल केयर मेडिसिन एउटा विधा हो, चिकित्सा शिक्षाको एउटा हाँगा हो । आइसियु भनेको इन्टेन्सिभ केयर युनिट हो, जुन एकदमै गम्भिर बिरामीलाई राखिने वार्ड हो । त्यो सम्बन्धित विज्ञानलाई चाहिँ क्रिटिकल केयर मेडिसिन भन्ने गरिन्छ।
पहिला नेपालमा क्रिटिकल केयर नै पढेर आएकाहरु एकदम कम चिकित्सक थिए । आइसियु भनेर मात्र बुझिन्थ्यो । अब यो विषय पढेर आएका धेरै भइसके । यसको पढाइ नेपालमै पनि हुन थालेको छ। डिएम नै सुरु भइसकेको छ।
क्रिटिकल केयर शब्द बल्ल आएर नेपालमा प्रचलित भएको हो। क्रिटिकिल केयर युनिट खास प्रयोगमा ल्याइँदैन किनकी यसमा क्रोनरी, न्युरो आइसियु, मेडिकल आइसियु सबै यस अन्तर्गत पर्छ।
क्रिटिकल केयर मेडिसिन सम्बन्धि सम्मेलन नेपालमा आयोजना गर्नुको कारण के हो?
क्रिटिकल केयरमा काम गर्ने डाक्टरहरुको संस्था नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले यो सम्मेलन आयोजना गरेको हो।
यो संस्था आइसियुमा काम गर्ने डाक्टर तथा नर्सहरुको वृद्धि विकास तथा सीपको लागि स्थापना भएको हो । हामीले हरेक दुई वर्षमा यो सम्मेलन आयोजना गर्दे आएका छौँ । यो तेस्रो अन्तराष्ट्रिय सम्मेलन हो।
यसमा १५ जना विदेशी डाक्टरहरुले कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ । उहाँहरुले क्रिटिकल केयरको विभिन्न विधामा आफ्नो प्रस्तुति दिनुहुनेछ। क्यानडा, भारत, बंग्लादेश, पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका, ब्याङकक लगायतका देशहरुबाट आउँदै हुनुहुन्छ। क्यानडाबाट एकजना नर्स आउँदै हुनुहुन्छ। उहाँले 4 सेसनमा आफ्नो प्रस्तुति दिँदै हुनुहुन्छ। यो सम्मेलनले संसारमा क्रिटिकल केयरमा के नयाँ कुराहरु आइराखेको छ भनेर जानकारी दिनेछ।
क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपालको पनि सहभागिता रहनेछ । 4 सेसनमा नर्सहरुले २२ वटा कार्यपत्र प्रस्तुत गर्देछन् । त्यसबाट छानेर बेस्ट पेपर अवार्ड पनि दिँदैछाँै ।
सीप विकासका लागि बिहिबारदेखि नै वर्कसपहरु भइराखेको छ । बिहिबार ग्राण्डीमा आइसियुमा काम गर्ने डाक्टहरुको एक्युट केयर अल्ट्रासाउण्डको वर्कसप भइसकेको छ भने न्युरो सम्बन्धी वर्कसप आइतबार नर्भिकमा हुँदैछ। अर्को बेसिक आइसियु भन्ने कोर्स छ, े चाहिँ हामीले आइतबार र सोमबार मेडिसिटीमा गर्दैछाैं।
संस्थमा १०० प्लस मेम्बर छन् । हामीले आइसियुको प्रोटोकल किताब पनि सम्मेलनमा सार्वजनिक गर्देछौँ । एनएससिसिएम आइसियु प्रोटोकलमा आइसियुमा बिारमी आएपछि त्यहाँ गर्नुपर्ने सामान्य कुराहरु कसरी गर्ने भन्ने समेटिएको छ। साथै सबै अस्पतालमा एकै खालको स्ट्याण्डर्ड होस् भनेर निकालिएको हो ।
क्रिटिकल केयर किन महत्वपूर्ण छ?
स्वास्थ्य क्षेत्रमा सबै सिकिस्त बिरामीहरु अन्तमा जाने ठाउँ भनेको यही क्रिटिकल केयरमै हो । जब कुनै बिरामीको अंगले काम गर्न छोड्छ र फेल हुन थाल्छ भने त्यो अंगलाई सपोर्ट गर्ने ठाउँ हो । क्रिटिकल केयरको ३ वटा लेभल हुन्छ । लेभल १ मोनिटरिङ र सिफारिस भएर आएका बिरामीहरुलाईराखिने आइसियु हो भने लभेल २ आइसियु भनेको अलिकति सुविधायुक्त जहाँ तत्कालै ब्लड प्रेसरको सपोर्ट,भेन्टिलेटरको सपोर्ट गर्न मिल्ने र त्यहाँबाट हाइ लेभलमा पठाउने सुविधा हुन्छ। लेभल ३ भनेको फुल फेज आइसियु हो । यो आइसियुमा सबै अंगको सपोर्ट गर्न मिल्छ, भेन्टिलेटरको सपार्ट गर्न मिल्छ , ब्लर्ड प्रेसरको सपार्ट गर्न मिल्छ । त्यही भित्र डायलाइसिस गर्न मिल्छ, इन्डोस्कोपी गर्न मिल्छ, अल्टरासाउण्ड गर्न मिल्छ ।अनि त्यहाँ डाक्टर चौबिसे घण्टा हुन्छ । एकजना बिरामीलाई एकजना नर्स हुन्छ।
हाम्रो देशमा लेभल ३ आइसियु बिस्तारै बनेता पनि त्यसको स्तर निगरानी गर्ने कुनै गर्ने कुनै निकाय छैन । आइसियुहरु स्ट्याण्डर्ड मेन्टन भएका छैनन्। भन्नलाई त हरेक अस्पतालले मेरो अस्पतालमा ५० बेड आइसियु छ भनेर प्रचारप्रसार गर्छन् तर त्यो सपुरभाइज गर्ने कसले? स्वास्थ्य मन्त्रालय आधिकारिक हो तर मन्त्रालयले केही गरेको छैन । नेपाल सरकारलाई त कतिवटा आइसियु छ भनेर पनि थाहा छैन, उसँग रेकर्ड नै छैन । तर सरकारले चासो देखाइराखेको छ। भर्खरै अस्ति स्वास्थ्य सेवा विभागले आइसियु न्युनतम मापदण्डको बारेमा वर्कसप गरेको थियो। विस्तारै यसप्रति चासो देखिन थालेको छ ।
जब हामी सातवटा प्रदेशमा गइराखेका छौँ भने यो चाहिँ सही समय हो कि हरेक प्रदेशमा एउटा लेभल ३ आइसियु हुुनुप¥यो २० बेडको । क्षेत्रीय अस्पताल तथा जिल्ला अस्पतालमा लेभल २ आइसियु हुुनुप¥यो त्यो भन्दा सानो अस्पतालमा लेभल १ आइसियु हुुनुपर्यो। त्यो संरचना विकास गरेर जाने अहिले नै सही समय हो।
यहाँको अस्पतालले कत्तिको स्ट्याण्र्ड मेन्टन गरेका छन्?
प्राइभेट संस्थाले गरेका छन् । स्ट्याण्डर्ड अनुसार सेवा सविधा पनि लिइराखेका छन्। एकजना नर्सले एकजना बिरामी हेर्छ प्राइभेटमा । फुल टाइम डाक्टर ५ जना हुन्छन् अनि सबै उपकरण हुन्छ र त्यस अनुसार शुल्क पनि लिराखेका छन् र दिएको सुविधा पनि राम्रो छ।
सरकारीमा हेर्नु भयो भने एउटै नर्सले ३ जना बिरामी हेर्नुपर्ने अवस्था हुन्छ आइसियुमा । अनि कसरी स्ट्यार्ड मेन्टन हुनु ? अनि सेवामा चुस्तता हुनु? त्यसमा पनि बिस्तारै सरकारले पनि हेर्दे जानुपर्छ ।
के हुन्छ सुधारका पाटो?
हाम्रो परिप्रेक्ष्यमा हेर्ने हो भने टेक्नोलोजीको हिसाबले नयाँ ढंगले जानुपर्छ जस्तो लाग्दैन । हाम्रो समस्या भनेको दुईटा छन् । एउटा हो 4 । 4को पनि शैक्षिक दक्षताको समस्या छैन । यहाँ केवल जनशक्तिको समस्या छ।
सरकारले आइसियुहरुको स्ट्यान्डर्ड सेट गर्दाखेरि लेभल ३ को आइसियुमा एक जना बिरामीलाई एक जना नर्स हुुनुपर्छ भनेर तोक्ने हो भने आइसियुको सेवा सुविधामा धेरै फरक हुन आउँछ । 4 जनशक्ति बढाउनुपर्यो।
दोस्रोमा चाहिँ स्ट्याण्डराइज गर्दिनुपर्यो । यो अस्पतालमा लेभल ३ यति वडा बेड, लेभल २ यति वटा बेड भनेर भन्दिनुपर्यो। त्यसो गरेपछि अस्पतालले त्यस अनुसारको उपकरण र सेवा सुविधा छैन भने एकदमै सिकिस्त बिरामी लिनै नपाउने हुन्छ। एउटा फलानो अस्पतालमा लेभल ३ बेड १० वटा छ भने उसले त्यो भन्दा सिकिस्त बिरामी आयो भने त रिफर गर्नुपर्यो।
सरकारी अस्पतालमा आइसियु बेड बढाउनुपर्यो । टिचिङ असपतालमा लेभल ३ आइसियु जम्मा ११ वटा छ । ७०० बेडको अस्पताल छ जहाँ हरेक दिन इमरजेन्सीबाट बाहिर १० देखि १५ जनालाईबाहिर रेफर गर्नुपर्ने हुन्छ । सरकारी अस्पतालमा कम्तीमा ५० वटा सम्म आइसियु बेड बनाउनुपर्यो । आखिर गरिब सर्वसाधारण जनता जाने त त्यहाँ नै हो । त्यो क्षमता निर्माण हाम्रोमा भएन अरु कुरामा बढी केन्द्रीत भयो।
सरकारी स्टेकहोल्डरहरुको सोचाइ के छ भने आइसियु भनेको महंगो हुन्छ र त्यसमा लगानी नै गर्न चाहँदैनन्। जबकी यसमा एकचोटीमा उपकरण र पूर्वाधारमा लगानी गरियो भने पछिसम्म चल्छ । पैसा तिर्ने मान्छेले त तिरिहाल्छ नि । पैसा तिर्न सक्नेलाई ठिक्कको रकम राख्ने र नसक्नेलाई निःशुल्क गर्ने । जुनै बिरामी सिकिस्त भएपछि जानुपर्ने ठाउँ आइसियु नै हो तर त्यहाँ जाँदा बिरमीको पैसा पनि सिद्धिन्छ र मान्छे पनि सिद्धिन्छ।
नेपालमा किड्नीको रोग लाग्यो वा क्यान्सरको भयो भने सरकारले एक लाख रुपैयाँ दिइरहेकै छ। आइसियुमा गएको मान्छेलाई पनि त सरकारले राहत दिन जरुरी छ। फ्रिमा उपचार गराइरहँदा उ ठिक हुन्छ जब उ सिकिस्त भएर आइसियुमा भर्ना गर्नुपर्ने हुन्छ पैसा हुँदैन र मर्छ। यो चाहिँ अलि मिलिराखेको छैन।
कोही पनि बिरामी सिकिस्त भएर आइसियुमा जान्छ भने अरु बिरामी सरह सरकारले केही रकम दिएर राहत दिन सक्छ। सबै अस्पतालमा यो लागू गर्नुपर्छ भन्ने छैन। मुख्य मुख्य अस्पतालमा जस्तै हरेक क्षेत्र तथा प्रदेशको कुनै अस्प्तालमा यो भयो भने सजिलो हुनेछ।
अर्को चाहिँ मुख्य विषय भनेको संक्रमण नियन्त्रण हो । बाहिर हरेक अस्पतालमा, हरेक आइसियुमा ३ –४ जना संक्रमण नियन्त्रण नर्स हुन्छन् जसले इन्फेक्सन कन्ट्रोल मात्रै काम गर्छन् । हात धुन लगाउने, बिरामी सफा छ कि चेक गर्ने काम गर्छन् ती नर्सहरुले।
यहाँ त अस्पतालमै छैनन् त्यस्तो नर्स । सरकारी अस्पतालमा छैनन्। बाहिर प्राइभेटमा मात्र छ। प्राइभेटहरु त्यही अनुसार टेक्नोलोजी अपडेट गर्दै गइरहेका छन् भने पब्लिक संस्थाहरु अझै पुरानो विचाराधारामा नै चलिरहेका छन्।
शिक्षण अस्पतालमा ७०० बेडको अस्पताल छ भने त १० जना संक्रमण नियन्त्रण नर्स चाहिन्छ। यो भनेको एक पटकको लगानी हो । एक चोटी सरकारले दरबन्दी स्वीकृत गरेर यो जनशक्ति हाल्दिने हो भने संक्रमण नियन्त्रणमा धेरै सुधार हुन्छ।
हरेक अस्पतालमा रहेको आइसियु क्रिटिकल केयर मेडिशिनमा दक्ष भएर आएका डाक्टरहरु भए भने सेवा राम्रो हुन्छ । जुन समयको आवश्यकता र माग पनि हो ।