गंगा हुमागाईं ३० वर्षदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छिन्। अस्पतालकी 4 सहनियन्त्रक समेत रहेकी हुमागाईंले ३ दशक लामो 4 यात्रामा बिरामीको सेवालाई धर्म मानिन्। पैसा नभएका कारण कोही बिरामीको ज्यान जान हुँदैन भन्ने मान्यता राख्ने नर्स हुमागाईं कतिपय बिरामीलाई आर्थिक सहयोगका साथै लत्ताकपडा पनि जुटाइदिन्छिन्। उनले गरिब तथा असहाय बिरामीलाई सहयोग पुगोस् भनेर आफ्नो तलबको ५ प्रतिशत रकम जम्मा गर्ने गरेकी छिन्। लामो समयदेखि बिरामीकै सेवामा तल्लीन नर्स हुमागाईंका अनुभव, भोगाइबारे हामीले उनीसँग कुराकानी गरेका छौँ। उनले आफ्ना अनुभव स्वस्थ्यखबरकी सिर्जना खत्रीसँग यसरी सुनाइन् :
4 सकेपछि वीर अस्पतालमा काम गर्ने मेरो इच्छा थियो। ठूलो अस्पतालमा काम गर्दा नाम पनि ठूलै हुन्छ भन्ने मनमा लागेर वीरमा काम गर्ने इच्छा जागेको थियो। तर, मेरो त्यो सपना साकार हुन सकेन। पारिवारिक कारणले वीर अस्पतालमा काम गर्ने अवसर नजुरेपछि मैले शिक्षण अस्पताल, महाराजगञ्जमा काम गर्ने निधो गरेँ।
पहिलो पटक नर्सका रुपमा शिक्षण अस्पताल प्रवेश गर्दा सुरुकै ड्युटी मेल वार्डमा परेको थियो। त्यो अस्पतालकै ठूलो वार्ड थियो। मेरो काम देखेर अस्पतालका सबै खुसी हुनुभएको थियो। मेल वार्डमा काम गरेको तीन वर्ष पुग्नै लाग्दा आइसियू वार्डमा सिफ्ट भएँ।
अन्य वार्डभन्दा आइसियू वार्ड अलि संवेदनशील हुन्छ। त्यहाँ गम्भीर प्रकृतिका बिरामी राखिने हँुदा काममा ध्यान पु¥याउनुपर्छ। गम्भीर बिरामी राखिने भएकाले बिरामीका आफन्तको चिन्ता कपनि बढी हुन्छ। त्यस्तो परिस्थितिमा बिरामीसँग कसरी कुरा गर्ने, कसरी सम्झाउने, नर्स र बिरामीको सम्बन्ध कसरी सुमधुर बनाउने भनेर मैले त्यही समयमा सिकेकी हुँ।
मैले शिक्षण अस्पतालमा काम गर्न थालेको ३ वर्ष पुगेको थियो। २०४६ सालको आन्दोलनको समय थियो त्यो। आन्दोलनका कारण टाढा घर भएका नर्स ड्युटी आउनसक्ने अवस्था थिएन। म बानेश्वर बस्ने भएकाले अस्पतालबाट फोन आइरहन्थ्यो।
‘नर्सको धर्म भनेकै बिरामीको सेवा हो, धर्म कमाउन मन्दिर नै धाउनुपर्छ भन्ने छैन, बिरामीको सेवाबाटै पुण्य मिल्छ।’
त्यतिबेलाको एउटा घटना म अहिले पनि सम्झन्छु। बेलुका ८ बजेको समय, बाहिर कर्फ्यू लागेको थियो। अस्पतालबाट फोन आयो, बिरामी हेर्ने कोही भएन, तिमी आउनुपर्यो भनेर। मैले अस्पतालबाट एम्बुलेन्स लिन आउँछ भने आउँछु भनेँ। कर्फ्यू लागेकाले घरबाट बाहिर निस्कँन निकै डर थियो। अस्पताल आउँछु त भनेँ तर घरमा आमाबुबालाई सम्झाउन निकै गाह्रो भयो। सम्झाएपछि बल्ल मलाई पठाउन मान्नुभयो उहाँहरुले।
अस्पताल जान घरबाट निस्किएँ। तर, मलाई लिन एम्बुलेन्स भने आइसकेको थिएन। बाटोभरि आर्मीले गस्ती गरिरहेका थिए। आर्मीले देख्लान् भन्ने डरले एउटा घरको पर्खालमा लुकेँ। त्यो घरको पर्खाल नेता मातृकाप्रसाद कोइरालाको पो रहेछ।
सरकारले त्यस दिन विभिन्न राजनीतिक दलका नेतालाई वार्ताको निम्ति दरबारमा बोलाएको रहेछ। उहाँले मलाई देख्नुभयो। बोलाएर सोध्नुभयो, तिमी कहाँ जान लागेको ? मैले अस्पतालको कार्ड देखाएर भनेँ, ‘अस्पतालबाट फोन आयो, त्यसैले ड्युडी जान लागेको।’
तिमी त हिम्मतिली रहिछौँ, यस्तो अवस्थामा बाहिर निस्किँदा ज्यानै जानसक्छ भन्दै कोइरालाले अस्पताल पुर्याइदिनुभयो। मैले ३ दिनसम्म अस्पतालमै बसेर एउटै ड्रेसमा बिरामीको सेवा गरे। घर जाने अवस्था थिएन। त्यहीँ उपलब्ध खाना खाएर ड्युटी गरेँ।
मलाई बिरामीको सेवा गर्न आनन्द लाग्छ। सकेसम्म उनीहरुको अन्य समस्या पनि समाधान गर्ने कोसिस गर्छु। आफूले सकेको हरेक सहयोग गर्न पाउँदा मलाई खुसी लाग्छ। असहाय, गरिब बिरामीका लागि सधैं सहयोग गर्ने कोसिस गर्छु।
कतिपय बिरामीसँग औषधि किन्ने पैसा समेत हुँदैन। कतिपटक औषधि जुटाउने काम गरेकी छु। असहाय बिरामीको सहयोगका लागि भनेर आफ्नो तलबको पाँच प्रतिशत जम्मा गर्ने गरेकी छु। सो पैसा बिरामीलाई सहयोग आवश्यक परेको समयमा प्रयोग गर्छु।
मैले केही दिन नयाँ लुगा–जुत्ता नलाएर, ट्याक्सी नचढेर केही हुँदैन। तर, पैसा नभएको कारण कोही बिरामीको ज्यान जान हुँदैन भन्ने मलाई लाग्छ। बिरामीलाई सकेको आर्थिक सहयोगका साथै लत्ताकपडा पनि सहयोग गर्छु। हामी नर्सको धर्म भनेकै बिरामीको सेवा हो। धर्मका लागि मन्दिर नै धाउनुपर्दैन। बिरामीको सेवाबाटै पुण्य मिल्छ।
भावनात्मक रुपमा पनि धेरै घुलमिल भएर होला, डिस्चार्ज भएर घर जान लागेको बिरामी पनि मलाई नभेटी जाँदैनन्। गइहाले पनि फोन गरेर हालचाल सोध्छन्। पछि फलोअपमा आउँदा समेत नभेटी जाँदैनन्। एउटा नर्सका लागि योभन्दा ठूलो उपलब्धि अरु के हुन सक्छ ?
उपचार गराएर गएको १६/१७ वर्षपछि पनि बिरामीले याद गर्छन्। बाटोमा भेट्दा तपार्इं फलानो नर्स होइन भनेर बोल्न आउँछन्। त्यो क्षण मेरा लागि जीवनकै खुसीको क्षण हुन पुग्छ।
बिरामीले दिएको आदर र सम्मान मेरा लागि अनेकौँ सम्मान, प्रमाणपत्रभन्दा ठूलो हो। कुनै अवार्डभन्दा कम होइन।
भूकम्पको समयमा धेरै जनधनको क्षति भयो। मेरो पनि हात र आँखामा चोट लागेको थियो। यो समयमा एउटै हातले पनि सकेको काम गरेँ। यस्तो समयमा अरु स्टाफको आत्मबल बढाउन पनि म काम गर्थें। धेरै गर्न नसके पनि फोन उठाउने, डाक्टर बोलाउने जस्ता काम गर्थें। त्यो सेवा गर्नुपर्ने समय थियो। मभन्दा बढी घाइते बिरामी अस्पतालमा थिए। मलाई आराम गरेर घरमा बस्न मन लागेन।
समयमा ड्युटी र काममा इमान्दारी मेरा सिद्धान्त हुन्। त्यही सेवाभाव र इमान्दारिताकै कारण आजको जिम्मेवारीसम्म आइपुगेको छु भन्ने लाग्छ।
कतिपय बिरामीसँग औषधि किन्ने पैसा समेत हुँदैन। कतिपटक औषधि जुटाउने काम गरेकी छु। असहाय बिरामीको सहयोगका लागि भनेर आफ्नो तलबको पाँच प्रतिशत जम्मा गर्ने गरेकी छु। सो पैसा बिरामीलाई सहयोग आवश्यक परेको समयमा प्रयोग गर्छु।
तीस वर्षे सेवा अनुभवमा मेरा धेरै अविस्मरणीय घटना छन्। एक पटक एउटी महिला बिरामी श्रीमान्लाई लिएर अस्पताल आएकी थिइन्। केही दिनको उपचारपछि श्रीमान्को मृत्यु भयो। दिउँसो श्रीमान्को मृत्यु भयो तर लास उठाउने मान्छे थिएन।
ती महिला लास कुरेर त्यहीँ बसिन्। कसैले वास्ता गरेन। साँझमा म बिरामी राउन्ड लगाएर फर्कंदै थिएँ, मचुरीमा कोही बसेको देखेँ। नजिक गएर हेर्दा त ती महिला जाडो महिनामा सल ओडेर श्रीमान्को लास कुरेर बसेकी थिइन्। त्यो देखेर मलाई यति नराम्रो लाग्यो, आज सम्झँदा पनि दुःख लाग्छ।
मैले उनलाई वार्डमा लगेर राखेँ, उनका बारेमा सोधेँ। उनी दोलखाकी रहिछिन्। छोराहरु आउन समय लाग्ने भएकाले श्रीमान्को लास कुरेर बसेकी रहिछन्। मैले श्रीमान्को लास सुरक्षित राख्न लगाएर उनलाई वार्डमै राखेँ। एउटा महिला आफ्नो मृत पतिको लास केही हुन्छ कि भनेर रातभरि बस्न तयार थिइन्। त्यो सम्झँदा अहिले पनि आँसु आउँछ।
२०४८ सालतिरको अर्को घटना पनि सम्झौं। मेरो बुबाको भर्खर मृत्यु भएको थियो। एउटा १७ वर्षजतिको किशोरले आफ्नो आमालाई लिएर अस्पताल आए। आमाको अवस्था गम्भीर नै थियो। भेन्टिलेटरमा राखिएको थियो।
आमा अचेत भए पनि उनले एकछिन पनि छोडेका थिएनन्। रातदिन सँगै बस्थे, धेरै दिन भेन्टिलेटरमा राख्दा पनि होस नआएपछि परिवारले घाट लैजाने कुरा गरे।
हामीले त्यो बच्चाले आमालाई गरेको माया देखेर अझ एक दिन राख्नुस्, भोलिसम्म सुधार भएन भने लैजानुहोला भन्यौँ। रातिको ४ बजेतिर महिलाको स्वास्थ्यमा सुधार आयो भनेर सबैलाई सुनाउँदा त्यो बच्चाको अनुहारमा खुसी छायो। मेरो पनि बुबाको भर्खरै मृत्यु भएकोले होला म पनि धेरै नै भावुक बनेको थिएँ, त्यो समयमा।