नर्सिङ

एशोसिएसन यूकेको अध्यक्षमा विनोद विकास सिंखडा

स्वास्थ्य खबरपत्रिका

बेलायत– नेपालिज 4 एशोसिएसन यूकेको अध्यक्षमा विनोदविकास सिंखडा बिजयी भएका छन् । एशोसिएसनको आउँदो दुइ वर्षको नेतृत्वका लागि अध्यक्ष पदमा विनोदविकास सिंखडा र इन्दिरा बस्याल(तिवारी)को उम्मेदवारी बीच भएको निर्वाचनमा सिंखडा बिजयी भएका हुन्।

निर्वाचनमा ६० मत प्राप्त गर्दै सिम्खडा अध्यक्ष पदमा निर्वाचित भए । ३३ मत प्राप्त गरेर अध्यक्षकी उम्मेदवार इन्दिरा बस्याल पराजित बनिन्।

शनिबार लण्डनको साउथ हयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले सिंखडाको नेतृत्वमा नया कार्यसमिति निर्वाचित भएको हो ।

यसै गरी एशोसिएसनको नयां कार्यसमितिको उपाध्यक्ष पदमा  सुनिता गौतम (थापा)  विजयी बनेकी छिन् ।

महासचिव र कोषाध्यक्ष भने निर्विरोध चयन

महासचिव र कोषाध्यक्षमा तथा अरु सबै पदहरुमा भने एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका छन्।

महासचिवमा रस्मिता दर्लामी, कोषाध्यक्ष बिनु लामिछाने, सांस्कृतिक सचिव राफी श्रेष्ठ, सहकोषाध्यक्ष आज्ञा खनाल ढकाल तथा सदस्यहरु अञ्जना सापकोटा, रञ्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोरा, सरिता रिजाल र राजत्री पाण्डे थापा छन्।

सन् २००८ मा स्थापित एशोसिएसनमा अहिले बेलायतमा कार्यररत ३ सय बढी नर्सहरु सक्रिय रुपमै आबद्ध छन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live