काठमाडौं– एक्कासी छाति दुखेपछि माइल्ड हार्ट अट्याकको आशंकमा नर्भिक अस्पताल पुगेकी नायिका ऋचा शर्माको अवस्था सामान्य रहेको छ। उनलाई नर्भिक अस्पतालमा भर्ना गरेर एनजिओग्राफी गर्दा अवस्था सामान्य देखिएको हो।
हिजो एक्कासि छाती दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन्। आइसियुमा राखेर उपचार थालिएकी उनको रिपोर्ट सामान्य आएपछि वार्डमा सारिएको छ।
नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरेका थिए। हाल आफ्नो अवस्थामा सामान्य रहेको अभिनेत्री शर्माले फेसबुक मार्फत पनि जानकारी गराएकी छिन्।