काठमाडौं- इलाममा १० दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीलाई राति ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइ अस्पतालको आइसियूमा भर्ना गरिएको छ।
उनको मुटुको चाल र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई स्वास्थ्य सेवा दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गएका विशेषज्ञहरुले आइसियुमा राखेर उपचार गर्न सुझाएका थिए।
डा केसीका मागमा ऐक्यवद्धता जनाउन इलाम पुगेका पूर्वन्यायाधीश शुसिला कार्की, शिक्षाविद् केदारभक्त माथेमा, डा अभिषेक सिंह लगायतले डा केसीलाई मनाएर काठमाडौं ल्याएका हुन् ।
राति साढे १० बजे इलामबाट एम्बुलेन्समा भद्रपुर र त्यहाँबाट नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।