काठमाडौं– दश दिनदेखि भोक हड्तालमा रहेका डा गोविन्द केसीको स्वास्थ्य निरन्तर खस्किदो अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । शिक्षण अस्पतालको आइसियुमा उपचाररत उनलाई छातिको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाउन सुरु गरिएको छ।
डा केसीलाई छाति दुख्ने, रिंगाटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महशुस भइरहेको बताइएको छ । उनको रक्तचाप पनि न्युन रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि अक्सिजन दिइएको छ । यसैगरी ब्लड सुगर र फस्फोरस पनि न्युन रहेको छ।
उनको स्वास्थ्यमाथि निरन्तर निगरानी राखिएको छ । जुनसुकै बेला उनको स्वास्थ्य अवस्था जटिल हुन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराएका छन् ।