वीर अस्पतालबाट २०२७ सालमा नर्सिङ पास गरेकी हुँ । स्कुलमा फ्लोरेन्स नाइटिङ्गेलबारे पढ्दा घत प¥यो । उनको सेवाभावले मलाई नर्सिङतिर आकर्षित गर्यो । नेपालमा वीर अस्पतालले नर्सिङ पढाउने जानकारी पाएपछि त्यहीँ भर्ना भएँ।
वीर अस्पतालमै आइसियू, सिसियूर विभिन्न वार्डमा रहेर काम गरेँ । मिर्गाैला फेल भएकाहरुको हेमोडाइलाइसिस नेपालमै गर्न सुरु गर्ने भएपछि वीर अस्पतालका केही कर्मचारी तालिमका लागि छानियो । वीर अस्पतालका कर्मचारीपुष्करराज सत्याल, धनञ्जयप्रसाद रिमाल, नर्समा निर्मला श्रेष्ठ र म र टेक्निसियनमा गंगालाल श्रेष्ठ छानिएका थियौं । हामीलाई वेस्ट जर्मनीबाट तालिम गर्ने अवसर मिल्यो । त्यहाँ रहेर दुई वर्ष तालिम गरेपछि नेपाल फर्कियौँ।
त्यसपछि तालिमकै लागि बेलायत जाने मौका मिल्यो । त्यहाँ नेपालको पहिलो डायलाइसिस नर्स भनेर जनरल नर्सिङ काउन्सिलमा दर्ता गराएँ । त्यहाँ बस्दा डायलाइसिसबारे अझै धेरै कुरा सिक्ने मौका मिल्यो । यसले मेरो आत्मविश्वास अझ बलियो बनाएको थियो।
तालिम लिएर नेपाल त आइयो तर यहाँ सबैकुरा तयार थिएन । डायलाइसिस तालिम लिएको केही समयपछिसम्म पनि वीर अस्पतालका विभिन्न वार्डमा काम गरें । जुन वार्डमा नर्सको अभाव हुन्छ, त्यहाँ मलाई खटाइन्थ्यो । म पनि त्यहीअनुसार काम गर्दै गएँ । पोस्ट अप्रेसनदेखि आइसियू, सिसियूसम्म त्यो समय काम गरें । २०४५ सालमा वीर अस्पतालको ओपिडी बिल्डिङमा डायलाइसिस खोल्ने भनेर हामीलाई खटाइयो । त्यो टिममा डा ऋषि काफ्ले, पुष्करराज सत्याल,म र नर्स दुर्गा श्रेष्ठले डायलाइसिस सेवा सुरु गरेका थियौं ।
सुरुवातामा कठिनाइ
सुरुवात गर्दा निकै कठिनाइ झेल्नुप¥यो । सरकारी अस्पताल हुनाले हामीले चाहेको पहिलो सेटअप गर्न मुश्किल प¥यो । सामान उपलब्ध हुनका लागि निर्देशकलाई सहमत गराउन मुश्किल हुन्थ्यो । सुरु गरेपनि मेसिन बिग्रने, खानेपानीबाट पानी नपुग्ने र बत्ति निरन्तर नआउने जस्ता समस्या नियमित आउन थाले । पानीको समस्या त पछिसम्मै समाधान गर्न मुश्किल भयो।
समस्या भएपनि बिरामीको चाप बढ्दै जान थाल्यो । त्यसपछि मेसिन बिग्रने, मेसिन नपुग्ने, सामान भन्नेबित्तिकै नपाउने जस्ता समस्या आउन थाले । डायलाइसिस फ्युलहरु नेपालमै पाइँदैनथ्यो । भारत गएर आफैंले ल्याउनुपर्ने हुन्थ्यो । कहिलेकाहीँ बिरामीका आफन्तहरु त्यहाँ पुगेर ल्याउने गर्थे।
डायलाइसिस बारे थाहा नै थिएन
हामीले बिरामीलाई थप सुविधा दिने हिसाबले हेल्थ केयर फाउन्डेसन भन्ने एनजिओ खोल्यौं । त्यो संस्थाबाट डायलाइसिसका बिरामीलाई सुविधा दिने भनेर राष्ट्रिय मिर्गौला केन्द्रको स्थापना भयो । डा ऋषिकुमार काफ्ले र मैले डायलाइसिस सर्भिस दिने निधो ग¥यौं । वीर अस्पतालमा बिरामीले पाएको दुःख देखेर हामीले डायलाइसिस सुरु गर्यौं।
वीरमा एचआइभी÷हेपाटाइटिस पोजेटिभ बिरामी राख्न सकेका थिएनौं। त्यसैले राष्ट्रिय मिर्गौला केन्द्रमा सुरुमै ५वटा मेसिन राखेर ४ वटा सामान्य र एउटा पोजेटिभ बिरामीको उपचारका लागि राखियो । यसरी नेपालमै मिर्गौैला डायलाइसिस सम्भव भयो । लामो समय कामपछि बीचमा दुई वर्ष मैले बिदा लिएँ । अमेरिका बसेर फर्किएको चार महिना भयो । यहीँ फर्किएकी छु।
हामीलेदेशको पैसा बाहिर नजाओस् र बिरामीले घरआँगनमै सेवा पाउन् भनेर डायलाइसिस सेवा सुरु गरेका थियौं । त्यहीअनुसार काम ग¥यौं । त्यो समय मिर्गौलाको समस्याका बारेमा धेरैलाई जानकारी नै थिएन । जुनबेला म तालिममा गएँ, त्यो बेलासम्म पनि डायलिसिस भनेको के हो भनेर जानकारी हामीलाई समेत थिएन । तालिम लिन गएपछि डायलाइसिस भनेको थाहा भयो । कसरी गरिँदोरहेछ, त्यो पनि सिकियो।
त्यो समय नै डायलाइसिस सेवा निःशुल्क गर्न पाए हुन्थ्यो भन्ने हाम्रो चाहना थियो । अहिले सरकारले निःशुल्क गरेको छ ।आफूले चाहेको काम पूरा हुँदा खुसी लागेको छ । बिरामीको पीडा नजिकबाट देखेका हामीले निःशुल्कका लागि सकेसम्म पहल गरेका हौं । डायलाइसिस भनेको महँगो उपचार हो । हामीले गैरनाफामुखी संस्था खोल्दा पनि अन्य बिरामीलाई ३ हजार ५ सय र पोजिटिभ बिरामीलाई ४ हजार रुपैयाँमा डायलाइसिस सेवा दिन सुरु गरेका थियौं।
काम गर्दै गएपछि हामीलाई जर्मन टिमले सहयोग गर्नुभएको थियो । सामान पाटपूर्जा उहाँले ल्याइदिनुहुन्थ्यो । अलि–अलि पैसा जोगिन थाल्यो । हामीले पैसा जम्मा गर्नभन्दा पनि बिरामीलाई सुविधा दिनेतर्फ ध्यान दियौं । बिरामीलाई शुल्क घटाएर थप सुविधा दिन थाल्यौं।
उहिले र अहिले
त्यो समय नर्सिङ पेसालाई राम्रो नजरले हेरिँदैनथ्यो । घरबाट नर्सिङ नपढ्न कर गर्ने धेरै थिए । मलाई धेरैले जर्मनी पनि नजाऊ भनेका थिए । तर, जे–जस्तो भएपनि अघि बढ्ने आफ्नै चाहनाका कारण म यहाँ पुगेकी हुँ । अहिले पनि बिरामीलाई हेर्छु । उनीहरुका लागि केही गर्न नसकेपनि दुई शब्द मिठो बोल्दा उनीहरुको आधा रोग निको हुन्छ जस्तो लाग्छ।
अन्य बिरामीभन्दा डायलाइसिसका बिरामीसँग हामीधेरै नजिक हुन्छौं। त्यसैले तालिम लिन आउँदा बहिनीहरुलाई हाँसेर स्वागत गर भन्छु । बिरामीलाई ‘आज डायलाइसिसको पालो छ, त्यो नर्सको मुख हेर्नै गाह्रो हुन्छ’ भन्ने बिरामीले नसोचोस् ।उसलाई अस्पताल पनि आफ्नो घर जस्तै महसुस होस्।
नजिक भएका बिरामीहरु कहिलेकाहीँ घरमा भेट्न पनि आउँछन् । हामी नआऊ पनि भन्न सक्दैनौं । अहिले पनि बिरामीले आफूलाई सेवा दिए हुन्थ्यो जस्तो गर्छन् । तर, मैले दुई वर्ष भइसक्यो काम नगरेको । मिटिङ पर्दा आएको बेला उनीहरुलाई भेट्न जान्छु । ‘प्रभा सिस्टर आउनुभयो, रमाइलो हुने भयो’ भन्छन् । मलाई यी शब्द सुन्दा असाध्यै आनन्द महसुस हुन्छ।
सिस्टरलाई भन्यो भने मेरो समस्या समाधान गरिदिन्छन् भन्ने बिरामीलाई लागिरहेको हुन्छ । त्यसैले बताउन आउँछन् । हामीले पनि त्यहीअनुसार व्यवहार गर्नुपर्छ ।
हामी नर्स हँुदा सबै बिरामीको सम्पूर्ण सेवा हामीले नै गर्नुपथ्र्यो । पढ्दाबिरामीको बेड मिलाउने, बेड पुछ्ने,बिरामीलाई यताउति फर्काउने हामीलाई गराइन्थ्यो । तर अहिले यस्ता अभ्यासमा कम, पढाइमा धेरै जोड दिन्छन् । यसले नर्सिङ केयरको गुणस्तर खस्काएको छ । अहिले विदेश जान नर्सिङ पढ्छन्, त्यो बेला सेवाभावले पढिन्थ्यो । धेरै फरक भइसक्यो।
मलाई अलि बढी सरसफाइ चाहिन्छ । म जर्मनीमा तालिम लिन जाँदा युनिभर्सिटी क्लिनिकमै काम गर्थें । तालिम दिने बेलामा सबैभन्दा पहिला सरसफाइमा ध्यान दिनु पर्दछ । सरसफाइ पहिलो उपचार हो भनेर सिकाउनुभएको थियो हाम्रो प्रोफेसरले । यो शब्द कहिले पनि भुल्न सक्दिनँ र आफ्नो जीवनमा पनि लागू गरेको छु । अहिले पनि सिकाउँछु ।
हाम्रो पालामा पढ्ने किताब पनि थिएनन् । सबै तालिमको भर हुन्थ्यो । हामीले डायलाइसिस सुरु गरेपछि किताब पढ्न सुरु गरेको हो । सबै प्राक्टिकल हुन्थ्यो।
भुल्न नसकिने घटना
एक जना बिरामी वीर अस्पतालको नेफ्रोलोजी क्लिनिकमा जँचाउन आइरहन्थे । उमेर भर्खरकै थियो । उनको परिवारले निकै मिहिनेत गरेर मिर्गौला प्रत्यारोपण गर्ने तयारी ग¥यो । प्रत्यारोपणका लागि भनेर भारत गए । भारतमा रेलबाट अस्पताल जानका लागि ओर्लिनासाथ उनको मृत्यु भएछ । यो सुनेपछि म निकै दुःखी भएकी थिएँ।
एकजना हेपाटाइटिस बी पोजेटिभको वीर अस्पतालमै मिर्गौला प्रत्यारोपण गर्न नसकिने भयो । हामीले यहाँ तपाईंको छोराको प्रत्यारोपण हुँदैन भनेर उनकी आमालाई भनेका थियौं । उहाँ त यहीँ उपचार गरिदिनू भनेर मेरो खुट्टै समातेर रुनुभयो । यो घटनाले मलाई नरमाइलो महसुस गरायो।
म आफू मिर्गौलाका बिरामीलाई डायलाइसिस गरेर जोगाउन तालिम लिन जर्मनी गएकी थिएँ । तर, त्यही समय आमाको मृत्यु भयो । म त्यो समय घर आउन सकिनँ । अन्तिम समयमा आमासँगै हुन नपाउँदै निकै दुःख र पछुतो भएको थियो।
प्रस्तुतिः सिर्जना खत्री