काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका आवासीय चिकित्सकले आजदेखि कालो पट्टी बाँधेर काम गर्ने भएका छन् ।
चिकित्सा शिक्षा सुधारका माग राख्दै १६औँ अनशनरत डा गोविन्द केसीको समर्थनमा रेजिडेन्ट एशोसिएसन अफ न्याम्सको आह्वानमा हातमा कालोपट्टी बाँधेर काम गर्ने भएका हुन् ।
प्रेस विज्ञप्ती जारी गर्दै एशोसिएसनले डा केसीसँग जायज मागहरुमा सम्झौता गर्ने तर कार्यान्वयन गरी स्थायी समाधान गर्नेतर्फ सरकार संवेनशील नभएको उल्लेख गरेको छ ।
एशोसिएसनले जायज माग यथासक्य सुनुवाई नभएमा थप चरणवद्व रुपमा विरोधका कार्यक्रम गर्न बाध्य हुने पनि जनाएको छ ।
रेजिडेन्ट एशोसिएसन अफ न्याम्सको जारी विज्ञप्ति