काठमाडौं– प्रतिनिधी सभामा पुगेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव प्रतिपक्षको बिचारसँग नजिक देखिएका छन्। डा गोविन्द केसीको १६ औं अनसनपछि यस विषयमा बल्ल मुख खोलेका उनले भने, 'सरकारले गरेको सहमति ईमान्दारिताका साथ कार्यनवयन हुनुपर्छ।'
शिक्षा मन्त्रालयले बनाएको कानूनले गुणस्तरहीन डाक्टर र स्वास्थ्यकर्मी उत्पादन गरिरहेका तर त्यसको अपजस स्वास्थ्य मन्त्रालयले बेहोर्नु परेको भन्दै उनी डा केसीका मागसँग सहमत देखिएका छन्।
डा केसीको आन्दोलन जायज रहेको भन्दै उनलाई सहयोग गर्ने संकेत गरे । उनले सरकारको नेतृत्व गरिरहेको नेकपाका गतिविधि प्रति असन्तुष्टि दर्शाउँदै भने, 'म पनि आन्दोलनबाट आएको मान्छे । केह थाहा भोलि फेरि आन्दोलनमै जानुपर्ने हो कि?'
उनले गुणस्तरीय डाक्टर तथा स्वास्थ्य जनशक्ति उत्पादनका लागि सरकारले कुनै सम्झौता गर्न नहुने बताए । स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन्।