काठमाडौं– सरकारले सातै प्रदेशभित्रका अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्दैछ । स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी सातै प्रदेशका सामाजिक विकासमन्त्रीलाई अस्पताल हस्तान्तरण गर्न लागिएको हो।
प्रदेश १ मा रहेको कोशी अञ्चल अस्पताल, प्रदेश २ काे नारायणी उप क्षेत्रीय अस्पताल, प्रदेश ३ को भरतपुर अस्पताल, प्रदेश ५ को भेरी अञ्चल अस्पताल र सुदूरपश्चिमको डडेलधुरा उप क्षेत्रीय अस्पताल प्रदेशलाई हस्तान्तरण गरिएको छैन। यी अस्पताललाई टर्सरी हस्पिटलका रुपमा विकास गर्ने बताइएको छ। भने प्रदेश २ गजेन्द्रनारायण सिंह अस्पताललाइ प्रतिष्ठानकाे रूपमा विकास गर्न लागिएकाे छ ।
हेर्नुहोस् कुनै अस्पताल कुन प्रदेशमा ?



