काठमाडौं– सरकारले नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोबश कुसम सुवेदीले दिएको राजिनामा स्विकृत गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सुवेदीको राजिनामा स्विकृत भएको जाकारी दिएका हुन्।
सुवेदीले व्यक्तिगत कारण देखाउँदै उद्योग मन्त्रालयमा पुस पहिलो साता राजिनामा बुझाएका थिए।
मृत अवस्थामा पुगिसकेको लिमिटेडलाई पुर्नजिवन दिँदै औषधि उत्पादन सुरु गरेका उनले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहँदा नै पदबाट राजिनामा दिएका हुन्। उनी खुला प्रतिष्पर्धाबाट ०७३ पुस ७ गते नियुक्त भएका थिए।
तर, उनले आफ्नो कार्यकाल दुई वर्ष पुग्न ४ दिन मात्र बाँकी रहँदा उद्योग सचिव यामकुमारी खतिवडालाई राजिनामा पत्र बुझाएका थिए। उनको राजिनामा एक महिनापछि स्विकृत भएको हो।