काठमाडौं– डा गोविन्द केसी अनसन बसेको आज १६ दिन पुगेको छ। अनसनको १६ औं दिनमा डा केसीको मेडिकल टिमले हेल्थ बुलेटिन सार्वजनिक गर्दै डा केसीमा निद्राको समस्या देखिनुका साथै मांसपेशीको दुःखाइ तथा कमजोरी महसुस भइरहेको बताएको छ।
उनको रक्त चाप र मुटुको चाल स्थिर रहेको छ भने कोठामा बस्दा अक्सिजन प्रवाहमा कम हुन पुगी उनलाई कृत्रिम अक्सिजन दिइँदैछ। उनको पिसाबको अवस्था भने राम्रो छ।
बुलेटिनमा भनिएको छ, ‘उनको अवस्था हेर्दा मेडिकल टिमले लगातार रुपमा उनको स्वास्थ्य स्थिति निरीक्षण गरिरहनुपर्ने हुन्छ, किनकि केही जटिलता देखिनाका साथ उनलाई इमरजेन्सीको खाँचो हुन सक्छ।’