काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको ११ औं तहका कर्मचारीहरुको जेष्ठताको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले ११ औं तहका १ सय ३४ जना कर्मचारीको सूची सार्वजनिक गरेको हो।
सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सुरुमा ११ औं तहका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने बताए।
हेरौँ सूची





