काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षलाई पेलेको भन्दै अब सडक र सदनबाटै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
'राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जसरी पास गरियो यो मान्य छैन,' उनले सञ्चारकर्मीसँग भने, 'हामी त्यसविरुद्ध जे पनि गर्न सक्छौं।'
सर्वदलीय बैठकमा सभामुखले अवरोध भएमा बैठक स्थगित गर्ने भने पनि पेलेर विधेयक पास गरेको देउवाले आरोप लगाए।
कांग्रेसको अस्तित्व मेट्न खोजेको भन्दै देउवाले यसलाई प्रतिकारसम्म हुन सक्ने उनले बताए।
कांग्रेसको अवरोधका बीच सत्तापक्षले बलपूर्वक विधेयक पेस गरी आजै पारित गरेको छ।