काठमाडौं- अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि उपत्यकाका चिकित्सकलाई आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा भेला हुन अनुरोध गरिएको छ।
नेपाल चिकित्सक संघले आइतबार दिउँसो १ बजेका लागि भेलाका लागि बोलाएको हो।
सरकारले डा केसीसँगको सम्झौता विपरीत शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि उनको जीवन रक्षाका लागि छलफल गर्न उपत्यकाभरका अस्पतालका चिकित्सकलाई बोलाइएको विज्ञप्तिमा जनाइएको छ।
संघले विज्ञप्तीमा माथेमा आयोगको प्रतिवेदन, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका अभियन्ता डा. गोविन्द के.सी.को पटक–पटकको अनशन र नेपाल सरकारले डा. केसीसँग सम्झौता मार्फत गरिएका प्रतिबद्धता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट दुई तिहाईको हुर्मत दिदै पास गरिएको बताएकाे छ।
संघले १० गते विज्ञप्ती जारी गर्दै ७२ घण्टा भित्र डा गोविन्द केसीको जीवन रक्षाका लागि ठोस कदम अगाडी नबढाएको खण्डमा माघ १३ गते आईतबार दिउसो १ः०० बजे उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरुलाई त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जको प्रांगढमा उपस्थित भई थप आन्दोलनको स्वरुप बारे बृहत छलफल गर्ने निर्णय गरेकाे थियाे।
संघले संघका सम्पूर्ण शाखा कार्यालयहरुले आफूसँग सम्बन्धित शाखा कार्यालयमा जम्मा भई आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र केन्दीय कार्यलयले गरेको निर्णयलाई यथोचित कार्यान्वयन गर्न अाग्रह गरेकाे छ।
विज्ञप्ती यसप्रकार छः
