काठमाडौं- अनसनरत डा गोविन्द केसीको पक्षमा सोलिडारिटी फर डा केसी अलायन्सको अगुवाइमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ।
माइतीघरबाट सुरु भएको विरोध र्यालीमा नागरिकहरुको उल्लेख्य सहभागिता रहेको छ। प्रदर्शनमा विभाजित विवेकशील र विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ता पनि सहभागी भएका छन्।

विरोध प्रर्दशनका क्रममा ‘चरेसको थालमा मार्सीको भात, कहाँ गयो तिम्रो समाजवाद’ भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विरोध गरिएको छ। र्याली बानेश्वरमा कोणसभा गरी सकिनेछ।

चिकित्सा क्षेत्र सुधारका लागि अनसनरत डा केसीको १६ औं पटकको अनसन आज १८औं दिनमा चलिरहेको छ।
शुक्रबार प्रतिनिधिसभाबाट बलपूर्वक चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि अनसनलाई नरोक्ने डा केसीले बताएका छन्।
लाइभ हेर्नुस्-





