काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा रमेश खरेलको नेतृत्वको एक टोली हावाहुरी प्रभावित जिल्लामा पठाउने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
डा खरेलसहितको टोली प्रभावित जिल्लातर्फ लागिसकेको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जनकपुर र चितवनबाट अर्थोपेडिक सर्जनसहितको चिकित्सकीय टोली पनि त्यसतर्फ पठाइएको बताए । आइतबार राती आएको विनाशकारी हावाहरीबाट घाइते भएकाको उपचार गर्न आवश्यक परे थप टोली पनि पठाउने उनले बताए । उनले भने,‘ थप चिकित्कसीय टोली तत्काल आवश्यक नपर्ने सूचना आएको छ, हामी निरन्तर सम्पर्कमा छौं, आवश्यक परे पठाउछौँ ।’
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, सचिव चन्द्रप्रसाद घिमिरे, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी प्रभावित जिल्ला पुगिसकेका छन् भने राज्यमन्त्री डा सुरेन्द्रसाद यादव पनि जाने तयारी रहेको मन्त्रालयले जनाएको छ।