काठमाडौं– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली आवश्यक मेडिकल उपकरण लिएर बारा पुगेका छन्। उनीहरु अस्पतालबाट हेलिकोप्टर लिएर प्रभावित क्षेत्रमा पुगेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, अस्पतालले भेन्टिलेटर सहितको एम्बुलेन्समा स्वास्थ्यकर्मीको एक टोली त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखेको छ।
आइतबार राती आएको हावाहुरीका कारण बारा र पर्सामा ३० जनाभन्दा बढीको ज्यान गएको छन् भने ६ सय भन्दा बढी घइते भएका छन्।