काठमाडाैं- हावाहुरीबाट बढी प्रभावित बाराको भरभरिया गाउँमा अझैपनि करिब १५० को संख्या घाइतेहरु रहेको बताइएको छ ।
विरगञ्ज हेल्थ केयर सेन्टरबाट आज बिहान गाउँमा पुगेको चिकित्सकीय टोलीले करिब ७० बढीको उपचार गरिसकेको छ ।
भने ७ गम्भीर घाइतेलाई एम्बुलेन्सबाट ४ पटक गरी घाइतेलाई विरगञ्जस्थित अस्पताल ल्याइएको छ । घाइतेको विरगञ्ज हेल्थ केयरमा उपचार व्यवस्था मिलाइएको बताइएको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।