काठमाडौं- नेपाल औषधि उत्पादक संघले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा आवश्यक पर्ने अत्यावश्यक औषधि सहयोग गरेको छ।
संघले रेडक्रस र नेपाल चिकित्सक संघसँगको सहकार्यमा औषधि उपलब्ध गराएको हो।
वीरगन्जमा कारखाना रहेका संघका सदस्य कम्पनीहरुले प्रभावित क्षेत्रमा आवश्यक पर्ने औषधि उपलब्ध गराएको संघका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले जानकारी दिए।
उनका अनुसार अन्य कम्पनीले पनि आवश्यक औषधि संकलन गरेर पठाउने तयारी गरिरहेका छन्।
आइतबार राती आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन्।