काठमाडौं- मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले बारा र पर्साका हावाहुरी प्रभावितका लागि भन्दै एक लाख सहयोग गर्ने घोषणा गरेका छन्। डा अनिलले उक्त रकम जिल्ला राहत कोषमा जम्मा गर्ने बताएका छन्।
डा ओममूर्तिले सामाजिक सञ्जाल फेसबुकमा सहयोगको घोषणा गर्दै अरुलाई पनि सहयोग गर्न आह्वान गरेका छन्।
‘बारा जिल्लामा हिजो आएको बिनाशकारी आपदमा मैले सहयोग स्वरुप रु १ लाख जिल्ला राहत कोषमा दिने निर्णय गरेको छु , सँगै यो विपदको घडीमा सबैलाई आ–आफ्नो स्तरबाट सहयोग गर्न अनुरोध गर्छु,’ डा ओममूर्तिले सामाजिक सञ्जालमा लेखेका छन्।