काठमाडौं- बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित भएकाको उपचारसहित आवश्यक सहयोगका लागि नर्भिक अस्पतालबाट विज्ञ डाक्टरसहितको टोली प्रभावित क्षेत्रमा जाने भएको छ।
अस्पतालबाट डा प्रदीपकुमार गुप्ता र डा इमराना खातुनको नेतृत्वमा ७ जनाको टोली औषधि सहित मंगलबार प्रभावित क्षेत्रमा जान लागेको अस्पतालले जनाएको छ।
टोलीले औषधि उपचारसहित घाइतेका लागि कपडा तथा खानेकुरा समेत लिएर जानेछन्।