काठमाडौं- बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित भएकाको उपचारसहित आवश्यक सहयोगका लागि नर्भिक अस्पतालबाट विज्ञ डाक्टरसहितको टोली प्रभावित क्षेत्रमा जाने भएको छ।
अस्पतालबाट डा प्रदीपकुमार गुप्ता र डा इमराना खातुनको नेतृत्वमा ७ जनाको टोली औषधि सहित मंगलबार प्रभावित क्षेत्रमा जान लागेको अस्पतालले जनाएको छ।
टोलीले औषधि उपचारसहित घाइतेका लागि कपडा तथा खानेकुरा समेत लिएर जानेछन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।