काठमाडौं– बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा आवश्यक सहयोगका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका विशेषज्ञको टोली गएका छन्।
वीर अस्पतालबाट न्युरो सर्जन डा निलम खड्का, क्रिटिकल केयरका एन्थेसिस्ट डा रविराम श्रेष्ठ र ट्रमा सेन्टरबाट हाडजोर्नी सर्जन सुवास कर्ण नेतृत्वमा विशेषज्ञको टोली आज त्यसतर्फ गएको ट्रमा सेन्टरका निर्देशक डा प्रमोदकुमार यादवले जानकारी दिए।
टोलीले प्रभावित क्षेत्रमा घाइतेको सही उपचार भए/नभएको निगरानी गर्नुका साथै आवश्यक परे थप उपचार समेत गर्ने छन्।