काठमाडौं– बाल दन्तरोगसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
नेप्लिज एसोसिएसन अफ पेडियाट्रिक डेन्टस्ट्री र साउथ एसियन एसोसिएसन पेडियाट्रिक डेन्टस्ट्रीको संयुक्त आयोजनामा भएको सम्मलेनमा १६ राष्ट्रका बाल दन्तरोग विशेषज्ञहरु सहभागी थिए।
नेप्लिज एसोसिएसन अफ पेडियाट्रिक डेन्टस्ट्रीको तेस्रो राष्ट्रिय र साउथ एसियन एसोसिएसन पेडियाट्रिक डेन्टस्ट्रीको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन पनि हो।
नेप्लिज एसोसिएसन अफ पेडियाट्रिक डेन्टस्ट्री कार्यसमिति सदस्य तथा सम्मेलन संयोजक डा नितिनकुमार अग्रवालले सम्मेलनमा बच्चाको दाँतको जरासम्मको माइक्रोस्कोपबाट कसरी उपचार गर्न सकिन्छ भनेर कोर्षहरु आयोजना गरिएको जानकारी दिए।
भारतमा यो प्रविधिबाट माइक्रोस्कोपबाट बच्चाको दूधे दाँतको आरसिटी कसरी गर्ने उपचार नेपालमा अझै आइसकेको छैन।
डा अग्रवालले नेपालमा केही दन्त विशेषज्ञले पनि ठूला व्यक्तिमा माइक्रोस्कोपको प्रयोग गरी उपचार गर्ने गरेको जानकारी दिए।
उनले बाल दन्तरोग उपचारमा आएका अन्य प्रविधि, उपकरण, नयाँ अभ्यासबारे पनि छलफल भएको बताए।
सम्मेलनमा १ सय ८० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। ३ सय बढी सहभागी भएको सम्मलेनमा चैत २१ देखि २३ गनेसम्म धुलिखेल र काठमाडौंमा भएको थियो।