काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ६१ स्थानीय तहमा तलब–भत्ताको लागि १ अर्ब ९ करोड २८ लाख ९५ हजार रुपैयाँ पठाएको छ।
मन्त्रालयमा ती स्थानीय तहले कर्मचारीलाई तलब–भत्ताको लागि अपुग रकम माग गर्दै निवदेन दिएका थिए।
बाँकी ९९ स्थानीय तहबाट पनि अपुग रकम माग भई निवेदन ढिला आएकाले समेट्न नसकेको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ। बाँकी स्थानीय तहको अर्को चरणमा बजेट व्यवस्था हुने बताइएको छ।
मन्त्रालयले पहिले स्थानीय तहमा तलब–भत्ताको लागि पठाएको रकम अन्य शिर्षकमा खर्च गर्ने, स्थायी कर्मचारीको लागि पठाएको तलबले करारमा कर्मचारी नियुक्त गर्ने कारणले पनि स्थायी कर्मचारीले तलब नपाएको बतायो।