काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यको कर्मचारी समायोजनमा त्रुटि नै त्रुटि भएको भन्दै समायोजन स्थगन गर्न माग गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै समायोजनलाई तत्काल स्थगन गरि सरोकारवालासँगको छलफल अगाडि बढाउन माग गरेको हो।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन सूचीप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समायोजनमा व्यापक त्रुटि भएको नेपाल स्वास्थ्यकर्मी संघको ठहर छ। स्वास्थ्यकर्मीहरुको समायोजनमा देखिएको त्रुटिका कारण समग्र स्वास्थ्य सेवा प्रवाहमा समेत असर पर्ने देखिन्छ। तसर्थ तत्काल यस प्रक्रियालाई स्थगन गरी सरोकारवालाहरुसंगको छलफल अगाडी बढाउन जरुरी छ।’
संघले स्वास्थ्य सेवाका कर्मचारीहरुलाई समायोजन गर्दा तोकिएको आधार र मापदण्डलाई समेत बेवास्ता गरि कर्मचारी समायोजन गरेको आरोप लगाएको छ। ‘समायोजन कार्यमा प्रयोग गरिएको सफ्टवेयर विशुद्व रुपमा प्रशासन सेवाका कर्मचारीहरुलाई लक्षित गरि निर्माण भएको र स्वास्थ्य सेवाको गम्भिरतालाई समेत ध्यान नदिई समायोजन प्रक्रिया अगाडी बढाएका कारण स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजनमा व्यापक त्रुटि भएको नेपाल स्वास्थ्यकर्मी संघको ठहर छ,’ संघका अध्यक्ष रामजी संघका अध्यक्ष रामजी घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हेरौं संघको विज्ञप्ति
