भैरहवा– मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल प्रदेश ५ को प्रथम अधिवेशन भैरहवामा सम्पन्न भएको छ। अधिवेशनले रामबहादुर यादवको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।
स्वास्थ्यकर्मी फोरमको उपाध्यक्षमा सावित्री यादव, महेन्द्रप्रसाद यादव, विश्वनाथ चौधरी, मुख्य सचिवमा नागेन्द्रनाथ गुप्ता, सचिवमा जोगेन्द्रप्रसाद गुप्ता र कोषाध्यक्षमा मुन्सीप्रसाद माझी निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा बब्लु माझी, संगीता मिश्रा, जंगबहादुर कहार, रामनरेश मुराव, उर्मिला यादव र रामवेलास धवल रहेका छन्।
नवनिर्वाचित अध्यक्ष यादवले स्वास्थ्य समायोजनमा भएका त्रुटिहरु सरकारले नसच्याए संघर्षमा जाने बताए। उनले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति तथा विसंगतिको अन्त्य गर्न सरकारलाई रचनात्मक सहयोग गर्ने पनि बताए।
अधिवेशनको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार राय यादवले उद्घाटन गरेका थिए।