काठमाडौं– राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीहरुले समयमा तलब नपाएको भन्दै तालाबन्दी गरेका छन्। उनीहरुले विगत ४ महिनादेखि तलब नपाएको बताएका छन्।
चैत २९ गतेदेखि केन्द्रमा तालाबन्दी गरेका उनीहरुले अझै पनि व्यवस्थापन पक्षबाट सम्बोधन नगरेको बताएका छन्।
संघर्षरत कर्मचारीका संयोजक जय भण्डारीले करार सम्झौता अनुसार पाउने तलब भत्ता समयानुसार नपाएको र उक्त कुरा पटक पटक जानकारी गराउँदा पनि उचित सुनुवाइ नभएकोले तालाबन्दी गर्नुपर्ने अवस्था आएको बताए।
तालाबन्दीबाट पर्न जाने सम्पूर्ण असुविधाको जिम्मेवारी पनि स्वयं कार्यालयले नै लिनुपर्ने कर्मचारीहरुको भनाइ छ।