हामीले खानाबाट प्राप्त गर्ने ग्लुकोजका बिभिन्न तत्वहरुलाई हामी डेक्स्रोज, फ्रुक्टोज, ल्याक्टोज, सुक्रोज, माल्टोज आदि नामबाट चिन्छौं। ग्लुकोज एक शक्तिदायक वस्तु हो जुन प्रायः सबै फलफूल र तरकारीमा पाइन्छ। ग्लुकोज हाम्रो रगतमा पनि हुन्छ। फ्रुक्टोज प्रायः सबै तरकारी र फलफूलमा पाइन्छ। ल्याक्टोज नामक ग्लुकोज दूधमा पाइन्छ जुन विस्तारै पच्दछ। उखुबाट उत्पादन गरिने चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ। माल्टोज नामक ग्लुकोज गहु“बाट उत्पादन हुन्छ।
ग्लुकोजले हामीलाई तत्कालै शक्ति प्रदान गर्छ। त्यसैले यसलाई शुद्ध क्यालोरी पनि भनिन्छ। अन्य पदार्थजस्तो यसलाई पचाउनको लागि धेरै समय आवश्यक पर्दैन। यो तत्कालै पचेर रगतमा जाने हुनाले अत्यन्त कम समयमै यसले शक्ति प्रदान गर्छ। सुद्धकिरण गरेर उत्पादन गरिएको चिनी बाहेक अन्य वस्तुले पनि ग्लुकोज प्रदान गर्छन्। जस्तैः टुसायुक्त खाना, गेडागुडी, सागसब्जी, दूध, बदाम, फलफूल, काजु, किसमिस आदि। हामीले तरवुजा, मौसम, सुन्तला, कागती, अंगुर आदि फलफूलबाट तथा सिमी, केराउ, सलगम, सुन्तला, आरु, भुइँकटहर आदि हरियो तरकारीबाट पनि शरीरलाई चाहिने शक्ति पाउ“छांै। शक्ति प्राप्त गर्न हामीले बजारबाट अनेक थरीका नाम भएका ग्लुकोजका बट्टाबाट किनेर खुवाउँछौं। यसमा बढी पैसा खर्च हुने भए पवनि यसबाट खासै लाभ भने हुँदैन।
चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ। यसलाई पहिले मन्द सेतो विष भनिए पनि हाल आएर यसलाई सेतो मृत्यु भन्ने गरिन्छ। यो एकदम क्यालोरीयुक्त हुन्छ र यसमा शरीरलाई चाहिने खनिज पदार्थ, भिटामिन र लवणको एक अंश पनि हु“दैन। प्रकृतिले हामीलाई ग्लुकोजको मात्रा अन्य धेरै प्राकृतिक वस्तुबाट प्रदान गरिरहेको हुन्छ। त्यसैले विभिन्न गुलिया वस्तु जस्तै मिठाई हामीले खाइरहनु आवश्यक छैन। यो त शरीरलाई भन्दा जिब्रोको स्वादको लागि मात्र खाइने कुरा हो।
चिनीबारे केही जानकारी
- यदि मह, चिनीजन्य खाद्यपदार्थ र उखुको रसबाट ग्लुकोज प्राप्त गर्न सकिने भएका कारण त्यस्ता पदार्थ सामान्य अर्थात् थोरै मात्रामा खानुपर्छ।
- मिठाई, बोतल या टिनको बट्टाका पेय पदार्थ, जाम, जेली जस्तो प्याक गरेर बनाइएको खाद्य पदार्थको रूपमा भएका कुनै पनि चिनीयुक्त खानाले शरीरलाई फाइदा गर्दैन।
- किसानहरूले आफ्ना पशुपंक्षी हुर्काउनकालागि पोषणयुक्त खाना खुवाउँछन् तर जनावर र पंक्षीलाई चिनी खुवाउनु पर्दैन। किनभने चिनी पशुपंक्षीकालागि हानिकारक हुन्छ। पशुपंक्षीलाई बेफाइदा हुने खाद्यपदार्थ मान्छेलाई पनि हानीकारक नै हुन्छ ?
- धेरैले हामीले चिनी प्रयोग गरेनांै भने हामीलाई शक्ति कसरी प्राप्त हुन्छ भन्ने पनि गरेका छन्। तर हामीले चिनी केही सय बर्षअधि मात्रै प्रयोग गर्न थालिएको हो भन्ने बिर्सनु हुँदैन। परापूर्वकालका मानिसहरू हामीभन्दा बढी काम गर्दथे। उनीहरु सूर्योदयदेखि सूर्यास्तसम्म लगातार शारीरिक काम गर्थे। त्यतिखेर चिनी नभएपनि उनीहरु शक्ति प्राप्त गर्दथे। उनीहरूले प्राकृतिक रूपमा पाइने फलफूलबाट नै शरीरलाई चाहिने शक्ति पाउथे र स्वस्थ भएर बाच्थे।
चिनीले शरीरमा गर्ने असर
प्रशोधन गरिएको खानेकुराले शरीरको भिटामिन र लवणको चोरी गर्छ र शरीरमा ती तत्वको अभाव गराउँछ। सामान्य र गरिब मानिसले खाने खाना सस्तो र प्रशोधन नभएको हुन्छ। प्रशोधन नभएको खाना प्राकृतिक र स्वस्थकर हुन्छ। तर धनीले खाने खाना प्रशोधित हुन्छ र यो तयार गर्ने क्रममा मानिसले धेरै हस्तक्षेप गरेको हुन्छ। चिनी र नुन थप्ने, बोक्रा र गुदी फ्याक्ने तथा नकुहिने कुरा राखेर बट्टाबन्दी गरिने हुँदा यो क्रममा यसमा धेरै अहितकर वस्तु थपेर वा पकाउने क्रममा राम्रा कुरा फ्याँकेर बनाइने गरिन्छ। त्यसैले विडम्वना के देखिन्छ भने गरीबले पोषणयुक्त र धनीले असन्तुलित भोजन खाने गर्छन्। प्रशोधन गर्ने वा शुद्ध पार्ने क्रममा खानेकुरामा रहने भिटामिन तथा लवण धेरै खेर फालिन्छ।
प्रशोधित रूपमा चिनी प्रयोग हुने मिठाइ, सिरप, सर्वत, जाम, जेली, क्यान्डी, टफी, चकलेटजस्ता खानेकुरा मीठो र राम्रो बनाउने क्रममा शरीरकालागि उपयोगी तत्व खेर फालिएको हुन्छ। यसरी फालिने वस्तुहरुमा भिटामिन बी कम्प्लेक्स र क्याल्सियम प्रमुख हुन्। प्रशोधित चिनीमा यी दुई कुराहरू नरहने भए पनि पाचन प्रक्रियाको लागि यी तत्व आवश्यक पर्छन्। यसले गर्दा शरीरमा पहिलेदेखि नै रहेका यो दुई कुराको मद्दतले चिनी र अन्य पदार्थको पाचन हुन सक्छ
प्रोटिन, भिटामिन र लवणको कमी
हाम्रो पेटको क्षमता सीमित हुन्छ। हामीले चिनीयुक्त खाना धेरै खाएमा त्यसबेला प्रोटिन, भिटामिन र लवणयुक्त खानाकालागि ठाउ“ रह“दैन। फेरि चिनीयुक्त खानामा रुचि बढ्न थालेमा अरु खानाप्रति रुचि घट्न थाल्छ। उदाहरणार्थ मिठाई, सिरप, चकलेट, आइसक्रिम खान खोज्नेले दालभात, फलफुल र सलाद नखाने वा कम खाने गर्छन्। यो अर्को किसिमले पर्न जाने नकारात्मक असर हो।
मुटु र प्रशोधित चिनी
लण्डन मेडिकल कलेजमा डाक्टर लुडकिनले हालमा मुटुसम्बन्धी समस्या बढ्नुको दोष चिनीयुक्त कृत्रिम रूपमा तयार पारिएका एवं बट्टाका खानेकुरालाई दिने गरेका छन्। उनका अनुसार प्रशोधित चिनीयुक्त एवं रेशा कम हुने खानाको उपयोग जति बढ्दै जान्छ, उति नै मुटुको समस्या बढ्दै जान्छ।
यसर्थ मानिसले चिनी बढ्दो मात्रामा खपत गरेमा त्यसवापत् प्राकृतिक नियमविरुद्ध रोगको रूपमा सजाय भोग्नु पर्दछ। स्वास्थ्यबारे राम्रो जानकारी राख्ने डाक्टरहरूले पनि यसको राम्रै उपभोग गर्छन् भने यो कसरी अहितकारक हुनसक्छ भन्ने तर्क पनि गर्ने गरिन्छ। तर, जान्नेले प्रयोग गर्दैमा कुनै पनि कुरा हितकर हुने होइन। डाक्टर, अनुसन्धानकर्ता तथा अन्य जानकार व्यक्तिले धूमपान खराब छ भन्ने थाहा नपाएर उपभोग गरेको होइन, स्वास्थ्यप्रति बेवास्ता गर्ने बानीका कारण हो। चिनीको खपत पनि यही कारणले बढेको छ। चिनीले स्वास्थ्यमा के–कस्तो असर गर्दछ भन्ने कुरा चिनी कम वा बढी खपत गरेर हेरौं। चिनीको खपत घटाएर त हेरौं उपभोग घट्दा स्वास्थ्य स्थितिमा के–कस्तो असर पर्छ– थाहा भइ नै हाल्छ।