एच५एन१ एक प्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो। यसले चराचुरुंगीमा श्वासप्रश्वासको समस्या गराउँछ। एच५एन१ ले मानिसमा कहिलेकाहीं मात्र संक्रमण गर्छ। तर यो मानिसबाट मानिसमा सरिहाल्दैन। जब यसले मानिसहरुमा संक्रमण गर्छ तब मानिसको मृत्युदर लगभग ६० प्रतिशत हुन्छ।
एच५एन१ इन्फ्लूएन्जा मानिसमा कसरी फैलिन्छ?
एच५एन१ को लगभग सबै संक्रमण प्रत्यक्ष संक्रमित वा मृत पक्षीहरु वा एच५एन१ प्रदुषित वातावरणसँग सम्बन्धित हुन्छ। यसले मानिसलाई सजिलै संक्रमित गर्दैन। यो मानिसबाट मानिसमा सामान्यतया सर्दैन। राम्रो तरिकाले तयार र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो रोग फैलिन सक्ने कुनै पनि प्रमाण छैन।
एच५एन१ इन्फ्लुएन्जाले धेरै चिन्तित बनाएको छ?
चराचुरुंगीमा संक्रमण गर्ने भाइरसले मानिसलाई संक्रमित गरेमा यसले गम्भीर समस्या हुने र अंगप्रत्यंगले काम गर्न नसक्ने बनाउँछ। मृत्युको मुखमा समेत पुर्याउँछ।
मानिसमा यसको संक्रमण भएमा मृत्युदर उच्च छ। त्यस्तै कुनै पनि भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्नसक्ने क्षमता राख्छन्। त्यसैले यदि एच५एन१ सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्नसक्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ। त्यसैले यसबारे धेरै चिन्ता हुने गरेको हो।
किन एच५एन१ इन्फ्लूएन्जा भाइरस परिवर्तन हुनसक्छ?
इन्फ्लुएन्जा भाइरसले नियमित आफ्नो वशांणुगत गुण परिवर्तन गर्छ। यदि मानिसमा सजिलै सर्नसक्ने भएमा समस्या हुन्छ।
मानिसमा एच५एन१ इन्फ्लुएन्जाका लक्षण केके हुन्?
उच्च ज्वरो आउनु,
खोकी लाग्नु,
घाँटी दुख्नु,
मांसपेसीहरु दुख्नु,
सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ र
संक्रमण छिट्टै फैलिएर श्वास फेर्न गाह्रो हुनु, तीब्र रुपमा श्वाप्रश्वासमा कठिनाइ देखापर्नु, निमोनिया हुनु, दम हुनु आदि।
कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगीहरु खान सुरक्षित हुन्छन्?
अवश्य पनि हुन्छन्। तर यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ। अन्य भाइरसहरुझैँ यो भाइरस पनि तातोप्रति धेरै नै संवेदनशील हुन्छ। सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रुपमा मर्छ। तर पकाउँदा न्यूनतम ७० डिग्री सेल्सियमसम्म तपाक्रम पुग्नुपर्छ। अर्थात् राम्ररी सबैतिर ताप्रक्रम पुगेर सबै भाग पाकेको हुनुपर्छ। यसले सबै भाइसहरु मर्छन् र हामीले ढुक्कले खान सक्छौँ।
सावधानीको रुपमा कुखुरा तथा कुखुराजन्य उत्पादनहरु तथा अन्य चराचुरुंगीहरु सधैँ राम्रो, स्वास्थ्य, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाव छ।
आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रुपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरुलाई चलाउने, प्रयोग गर्ने वा ओसारपसार गरेकाहरुसँग जोडिएको पाइएको छ। त्यसले यस किसिमका बानी व्यवहारलाई उच्चतम जोखिम बुझेर सुधार गर्नु चाहिँ महत्वपूर्ण हुन्छ ।
मानिसमा यसको उपचार कसरी गरिन्छ?
मानिसमा प्राय: गम्भीर रोगको रुपमा विकास भएर देखापर्ने हुँदा सुविधायुक्त अस्पतालका आकस्मिक तथा सघन उपचार गर्नुपर्ने हुन्छ। एन्टिभाइरस औषधि ओसेल्टामिभिरले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्नसक्ने भएकोले यसको प्रयोग गरिन्छ।
ए५एन१ इन्फ्लुएन्जाको मानव संक्रमण रोकाथामका लागि खोप उपलब्ध छ?
ए५एन१ संक्रमणको रोकथामको लागि खोपको विकास भएको छ। तर यो अझै पनि व्यापक उपयोगको लागि तयार छैन।
के मौसमी इन्फ्लुएन्जा (मौसमी फ्लू–मौसमी रुघाखोकी) खोपले ए५एन१ भाइरसको विरुद्ध सुरक्षा प्रदान गर्दछ?
मौसमी इन्फ्लूएन्जाको खोपले ए५एन१ विरुद्धको संक्रमण काम गर्देन अर्थात सुरक्षित बनाउन सक्दैन।