काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंसिरदेखि सञ्चालन हुने भनिएको दादुरा खोप अभियान प्रभावित हुने भऐको छ।
खोपका लागि अन्तराष्ट्रिय एलाइन्स गाभीले नेपालमा दिने अनुदान केही महिना ढिला दिने भएपछि मंसिरमा गर्ने पूर्वनिधारित ‘राष्ट्रिय दादुरा खोप अभियान’ प्रभावित भई माघमा हुने भएको छ।
दिएको स्रोतको दुरुपयोग भएको आशंका र संघीयतामा नेपालले अनुदानको उपयोग कसरी गर्छ भन्ने द्विविधा भएपछि गाभीको टिम नेपाल आएर अनुदान प्रबन्धन आवश्यक अध्ययन गरिरहेको बताइएको छ।
अध्ययन टोलीले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेका थिए। यसपछि मात्र पश्चात् नेपालले रकम पाउने/नपाउने निर्क्योल हुनेछ।
परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिंन तिंकरीले गाभीले दिने अनुदान केही समय ढिला हुने बताएका छन्। ‘गाभीले नेपालमा हरेक दुई वर्षमा प्रोग्राम कम्पासिटी एसिसमेन्ट गरिरहेको छ, भोलि सकिन्छ होला,' उनले भने।
उनले अनुदान रोकिएको नभई केही समय ढिला हुने बताए। जसका कारण यही मंसिरमा हुने अभियान माघमा हुने भएको उनको भनाई छ।
गाभीले २ करोड ४० लाख रुपैयाँ नेपाललाई प्रदान गरिसकेको छ। उसले २० करोडसम्म अनुदान दिने बताइएको छ।
संघीयतामा गएको अवस्थामा श्रोतको दुरुपयोग कसरी रोक्ने भन्ने विषयमा गाभीले चासो व्यक्त गरेको खोप कार्यक्रममा एक कर्मचारीले केही समयअघि दाङ, मोरङ्ग, कपिलवस्तुलगायतका जिल्लामा दादुराको महामारी फैलिएको थियो। जसका कारण बालबालिकाको मृत्यु भएको समेत खबर आएको थियो।
स्वास्थ्य क्षेत्र सुधार सहयोग कार्यक्रमको अनुदानमा दुरुपयोग भएको गाभीको शंका छ।
नेपालको राष्ट्रिय खोप कार्यक्रममा ७० प्रतिशत अनुदान सहयोग गर्दै आएको गाभीले संघीयतामा अनुदान खर्च प्रक्रिया र उपयोगिताबार सरकारसँग प्रश्न चासो गरेको छ। स्रोतले भन्यो,‘गाभीले दिँदै आएको अनुदान दुरुपयोग भएको र संघीयता कसरी खर्च रकम खर्च हुन्छ भन्ने विषयमा गाभी स्पष्ट हुन खोजेको छ। सरकारीस्तरमा स्पष्ट भएपछि मात्र खर्च पठाउने उसको तर्क छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाभीसँगको सहकार्यमा देशभरका ५ वर्षसम्मका करिब ३८ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ।
सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमा १० करोड नेपाल सरकार र २० करोड रुपैँया गाभीले दिने भएको तय भएको छ।
अभियानले दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले अभियानमा देशभरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय निकायका जनप्रतिनिधिलगायत सबैको सक्रिय सहभागिता आवश्वयक हुने बताए।
कार्यक्रममा कोही पनि बालबालिका दादुरा खोप लगाउनबाट बञ्चित नहुन् भनेर गाउँगाउँबाट खोजेर बालबालिकालाई खोप दिइनेछ।
सरकारले सन् २०१९ मा नेपाललाई दादुरा निवारण देश बनाउने लक्ष्य लिएको छ। तर अहिलेको काम गराईले यो लक्ष्य हासिल हुन भने चुनौती छ।
पछिल्लो समय देशका विभिन्न भागमा दादुराको महामारी फैलिरहेको छ। भने संक्रमित अधिकांश बालबालिकाले दादुराको खोप नै पाएका छैनन्।
दादुराबाट बच्न बच्चा ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिनुपर्छ।
अहिले करिब ७० प्रतिशत बालबालिकासम्म दादुराविरुद्धको खोपको पहिलो मात्राको पहुँच पुगेको छ। दोस्रो मात्रा लिने बालबालिका ६७ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ। दादुराको खोप पहुँच पनि ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ।
प्रत्येक १० लाख जनसंख्यामा ५ जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ।
विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ।