सैनिक पारिवारिक पृष्ठभूमिमा हुर्केकी काठमाडौंकी प्रा सह–सेनानी डा वृक्षा गुरुङ्गको सानैदेखि सैनिक चिकित्सक बन्ने लक्ष्यलाई थप मलजल ग¥यो, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयले। सेन्ट जेभियर्स कलेज, माइतीघरबाट आइएस्सी र बंगलादेशको आम्र्ड फोर्सेज मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेकी डा गुरुङ्ग २०६९ सालदेखि नेपाली सेनामा मेडिकल अधिकृतको रुपमा कार्यरत छिन्।
उनले नेपाली सेनामा कार्यरत रहँदै स्वदेशका विभिन्न दुर्गम स्थानलगायत युएन् मिसनअन्तर्गत तीन पटक अफ्रिकी मुलुकहरुमा समेत मेडिकल सेवा प्रदान गरेकी छिन्। सैनिक पेशा र पारिवारिक जीवन दुवैलाई सफलतापूर्वक अगाडि बढाएकी उनी महिलाको लागि प्रेरणाको स्रोत भएकी छिन्।
महिला भएर पनि सैनिक सेवामा समर्पित भई देश र जनताको हितको लागि केही गर्छु भन्ने उनको सानैदेखिको सपना र दृढ अठोटले आज पूर्णता पाएको छ। यसको श्रेय उनी आफ्नो प्रेरणादायी परिवार र सैनिक मेडिकल क्षेत्रमै रहेका श्रीमान् प्रा सह–सेनानी डा अजीत विक्रम थापालाई दिन्छिन्।


तस्बिर: निरजलाल श्रेष्ठ (लक्की)
तस्बिर स्टुडियो, बागबजार