आज अक्टोबार १० तारिख अर्थात विश्व दृष्टि दिवस। नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ। ‘दृष्टि पहिलो प्राथमिकता’को नारासहित यो दिवस मनाइँदै छ। दृष्टि समस्या, उपचार रोकथाम तथा समाधानका विषयमा चेतना फैलाउनका लागि यो दिवस मनाइन्छ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ।
नेपालमा सन् १९८१ मा नेपालमा नै पहिलोपटक अन्धोपनको सर्बेक्षण कार्य सम्पन्न गरेको थियो। उक्त सर्वेक्षणले नेपालमा कुल ०.८४ प्रतिशत जनता दृष्टिबिहिन रहेको तथ्य उद्घाटित गरेको थियो भने अन्धोपनका प्रमुख कारकहरुमा क्रमशः मोतीविन्दु, ट्रकोमा, भिटाटिन ‘ए’ को कमी, जलबिन्दु, दृष्टिपर्दाका रोगहरु रहेको पाइएको थियो।
आँखा स्वास्थ्य सम्बन्धी केही तथ्य
विश्वमा
१) ३ करोड ६० लाख मानिस दृष्टिविहीन छन्।
२) २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ।
३ २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।
४ १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन्।
५ अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष देखिएको छ।
६ कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन्।
७ अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ।
नेपालमा
८) ३ सय जना नेत्र बिशेषज्ञ, ८ सय जना दृष्टि बिशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन्।
९) १ लाख २० हजार मानिस दृष्टिविहिन छन्।
१०) १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ।
११) ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन्।
१२) दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन्।
१३) अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन्
१४) अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन्।
१५) उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टि रहेका मध्य लगभग ६० उच्च तथा मध्यम प्रकारको न्यून दृष्टी महिलामा रहेको छ।
१६) न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन्।
१७) दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन्।
१८) पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारण ले हुने न्यूनदृष्टि समस्या उन्मूलन भएको छ।
१९) हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ।
२०) सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ।
-डा. प्रकाश बुढाथोकी, प्रमुख, आँखा,नाक कान, घाँटी र मुख स्वास्थ्य शाखा