- प्रत्येक खानेकुरामा सागसब्जी हुनुपर्ने, सलाद समावेश हुनुपर्ने।
- गुलियो र चिल्लोको मात्रा कम गर्ने।
- मासु भुटेर खाँदा पनि थोरै तेल हालेर कम रातो गरी भुट्ने। (धेरै कालो गरी भुटेको सेकुवामा कार्बनको मात्रा बढ्ने भएकाले क्यान्सरको जोखिम बढाउँछ।)
- कम मसलेदार खाने, बोसो नखाने।
- मासुजन्य खानकेुरा सबैभन्दा छिटो संक्रमण हुने भएकाले ताजा मासु मात्र खाने।
- पटकपटक एउटै तेलमा नपकाउने, तेल जमेर ट्रान्सफ्याटमा परिवर्तन भएर मुटुको लागि समस्या हुन्छ।
- सकेसम्म दैनिक दुई प्रकारका नभए एक प्रकारको फलफूल खाने। मिर्गौलाको बिरामीले पोटासियमको मात्रा नियन्त्रण गर्ने।
- दैनिक ३०० देखि ५०० ग्राम हरियो तरकारी खाने, जसले गर्दा फाइबर पर्याप्त मात्रामा पुग्छ।
- एक छाक भात खाँदा अर्को छाक ओट्स, कोदो, फापरको रोटी खाने। खस्रो चिजको मात्रा बढाउने।
- मधुमेहका बिरामीले कार्बोहाइडे«ट कम खाने।
- थोरैथोरै गरी पटकपटक खाने, धेरै ग्याप राखेर एकैचोटि धेरै नखाने।
- मिर्गौला रोगीले चाडपर्वमा धेरै माछामासु सेवन नगर्ने।