नेपाली औषधि उत्पादक संघ (एपोन)ले बुधबार नयाँ अध्यक्षसहितको कार्यसमिति पाउँदैछ। एपोनको नयाँ नेतृत्वका लागि औषधि उत्पादकहरुबीच विभिन्न चर्चा समेत सुरु भइसकेको छ। नयाँ कार्यससमितिका लागि उम्मेद्वारी सुरु भइसकेको छ।
नेपालमा ४२ अर्ब बराबर कारोबार रहेको औषधिमध्ये करिब ४५ प्रतिशत हिस्सा नेपाली कम्पनीले ओगटेको छ।
संघको अगामी कार्यसमितिका लागि वर्तमान महासचिव प्रज्वलजंग पाण्डेले अध्यक्षका लागि आफ्नो उम्मेद्वारी गरेका छन्।एपोनको विभिन्न समय विभिन्न पदमा रही उनले जिम्मेवारी निर्वाह गरेका छन्।
अध्यक्षका प्रत्यासी पाण्डेसँग आजको स्वास्थ्य संवाद केन्द्रित छ। उनले नेपाली औषधिको गुणस्तरमा विश्वास दिलाउन सरकारको नीतिगत व्यवस्थाको कार्यान्वयन जरुरी भएको बताए।
पाण्डेसँग उनको उम्मेदवारी, एजेन्डा, नेपाली औषधि बजारको अवस्थालगायतमा विषयमा रहेर गरिएको कुराकानी भिडियोमा हेरौँः