फाइबरोइड एउटा टयुमर हो, यसलाई मायोमास पनि भनिन्छ। यो गर्भासयको वरिपरि, भित्ता वा पिसाब नलीमा हुन्छ। प्रजननका बेला नै यदि यसको उपचार गरिएन भने पछि गर्भधारणमा समस्या हुनसक्छ। फाइबरोइडको विकास २० देखि ८० प्रतिशत किशोरावस्थामा नै भइसकेको हुन्छ। साथै ५० वर्षको उमेरमा ३० प्रतिशत र २५ वर्षको उमेरमा विभिन्न प्रकारका फाइबरोइडका लक्षण देखापर्न सक्छ।
फाइबरोइडका केकस्ता समस्या हुन सक्छन्?
– यो समस्या गर्भावस्थामा १० देखि ३० प्रतिशत हुने गरेको २०१० मा भएको एउटा अध्ध्ययनले देखाएको छ।
– भ्रुण उत्पादनमा समस्या हुन्छ भने गर्भासयमा बस्न सक्दैन। साथै प्लासेटामा समस्या हुन्छ, जहाँ शिशुको विकास हुनुपर्ने हो त्यो ठाउँलाई नै चुडाइदिन्छ किनकि पाठेघरको झिल्लीले बन्द गरिदिन्छ।
– भ्रुणको उत्पादनमा कमी हुन्छ। यदि ठूलो खालको फाइबरोइड छ भने भ्रुणको विकासमा वाधा पुर्याहउँछ।
– प्लासेनटामा विकास हुँदैन।
– पहिला त गर्भाधारणमा नै समस्या हुन्छ, भए पनि पनि विकास हुँदैन। यसका साथै सिजेरियन (अपरेसन) पद्धतिद्वारा शिशुको विकास राम्ररी हुँदैन् र असामान्य हुने सम्भावना रहन्छ।
गर्भावस्थामा फाइबरोइडको उपचार कति सम्भव छ?
– गर्भावस्थामा फाइबरोइडको उपचार सम्भव हुँदैन। यदि गर्भ ठूलो छ भने झन् गार्हो हुन्छ। किनकि यस्तो बेलामा भ्रुणमा नराम्रो असर पर्नसक्ने हुन्छ। यस्तो बेलामा पूर्ण आराम गर्ने, झोलिलो खानेकुरा, पानी भरपुर प्रयोग गर्नुपर्छ।
– नियमित प्रसूति चिकित्सकसँग सल्लाह लिनुपर्छ।
फाइबरोइडका लक्षण
महिनावारी, रजस्वला हुँदा एकदम धेरै पीडा हुनु, रगतमा चौटा देखिनु, रगत धेरै बग्ने भएर रक्तअल्पत्ता हुनु, लामो समयसम्म महिनावारी भइरहनु, खानेकुरा नपच्नु, तल्लो पेट, ढाड दुख्नु, यौन सम्पर्क गर्दा पीडा हुनु, कब्जियत हुनु, क्षणक्षणमा पिसाब हुनु, दुख्नु, चिलाउनु आदि।
फाइबरोइडलाई मायोमास पनि भनिन्छ। यो गर्भासयको वरिपरि झिल्ली जस्तो भित्तामा टाँसिएको हुन्छन्। यसको आकार सानोमा सूर्यमुखी फूलको गेडा जस्तै हुन्छ भने ठूलोमा खरभुजाको बिउ आकारको हुन्छ। झुप्पा पनि हुन सक्छ।
खान नहुने खानेकुरा
– विषादीरहित खानेकुराको प्रयोग गर्ने
– कुखुराको छाला निकालेको मासु, समुद्री माछा, सालमोन, टुना आदिको प्रयोग गर्ने
– लौहतत्वयुक्त खानेकुरा कागती, सुन्तला, मौसम, जुनार, आलुबोखरा, खुर्पानी, तरुल, कुइनाओ, तरकारीमा ब्रोकाउली, पालुङ्गो, फर्सी, फर्सीको बियाँ, सलगम, गान्टेमुला, हरिया फलफूल, तरकारीले कलेजो सफा गर्छ
– दालहरु, रहर, मसुरो, कालो आदिको प्रयोग गर्नुपर्छ। बिटाक्यारोटिन युक्त खानेकुराहरु गाजर, सखरखण्ड, लौका, बटरनट, जैतुनको तेल, नरिवल तेल, आदिको प्रयोग गरेको राम्रो हुन्छ।
मेडिटेरारानियन डाइट : यो आहारले इसटरोजन हर्मोनको सन्तुलन मिलाउने गर्छ र गर्भाधारणमा सहयोग पुर्यानउने काम गर्छ।
इसटरोजन हर्मोन नियन्त्रण गर्ने केही उपयोगी टिप्स
– तौल नियन्त्रणमा राख्ने : मोटोपना फाइबरोइडको कारक तत्व हुनसक्छ। फ्याट सेलले इस्त्रोजन हर्मोन धेरै उत्पादन गर्छ, त्यसैले तौल घटाउनु पर्छ।
– हर्मोन औषधिको प्रयोग कम गर्ने : हर्मोनको औषधि, किटनासक औषधि, जसबाट उत्पादित खानेकुराहरु, सागपात, तरकारी, फलफूल आदि, प्लास्टिकको खानेकुराहरु यी सबैको सकभर कम प्रयोग गरेको राम्रो हुन्छ।
– ननसटिक भाँडामा पकाएको खानेकुरा कम गर्ने
– खुला आगोमा पकाएको, तन्दुरी, नान, रोटी, सेकुवा, चिकेन आदिको प्रयोग कम गर्ने।
– अरुको सौन्दर्य प्रसाधन प्रयोग नगर्ने, नयाँ रङ गरेको रुममा सकभर नजाने।
– ब्लड प्रेसर नियन्त्रणमा राख्ने, खानेकुरामा नुन कम, प्रयोग गर्नुपर्छ।
– रेडिडम खानेकुरा नखाने, नियमित चेकजाँच गराउने।
– प्रत्येक पटक पोटससियमयुक्त खानेकुरा समावेश गर्ने, जनावर स्रोत भन्दा, वनस्पतिबाट उत्पादन भएको खानेकुरा बढी प्रयोग गर्ने।
– भिटामिन डी : भिटामिन डीले फाइबरोइड कम गर्नमा मद्दत गर्छ। भिटामिन डी ले ३२ प्रतिशतसम्मको फाइबरोइड घटाउनमा सहयोग गर्छ। यदि एअरकन्डिसनमा बस्ने बानी छ भने भिटामिन डी कम हुन्छ। त्यसैले घाममा बस्ने, भिटामिन डीयुक्त खानेकुरा खानुपर्छ। यदि धेरै नै कम भएमा सप्लिमेन्ट पनि खानुपर्ने हुन्छ।
– अण्डाको पहेंलो भाग, दूध, दही, अन्न, ओटस, सुन्तला, सुन्तलाको जुस, माछा, हरियो, सागपात, तरकारी, फलफूल यी खानेकुराको प्रयोगले रोगसँग लड्ने क्षमता बढाउनुका साथै क्यान्सरलाई समेत कम गर्न मद्दत पुर्यातउँछ।
– रेसायुक्ता खानेकुरा : यसको प्रयोगले उच्च रक्तचाप नियन्त्रण गर्छ, तौललाई सन्तुलनमा राखी मधुमेहलाई समेत नियन्त्रणमा राख्छ। एभोकाडो, केरा, सुन्तला, खजुर, आलु, तरुल, गोलभेडा, दूध आदिको नियमित प्रयोग गर्नुपर्छ।
ग्रिन टी (एन्टिअक्सिडेनट) : फाइबरोइड ग्रिन टीको प्रयोगले कम भएको एउटा अनुसन्धानले देखाएको छ। ग्रिन टीमा भएको एउटा तत्व, एपिगालोक्याटेपिन ग्यालेटले फाइबरोइडलाई कम गरेको पुष्टि गरेको छ। साथै संक्रमण घटाउने, उच्च इसटरोजनलाई समेत नियन्त्रण गर्छ। रगत बग्न कम गर्नुका साथै रक्तअल्पत्ता पनि नियन्त्रणमा राख्ने काम गर्छ।
(शाह पोषण विज्ञ/आहार विशेषज्ञ हुन्)