हरेक वर्ष नोभेम्बर १४मा विश्वभर मधुमेह दिवसका रुपमा मनाइन्छ। मधुमेह रोग संसारभरीनै माहामारीका रुपमा देखा परेको छ। साधारण भाषामा भन्नुपर्दा मधुमेह भनेको चिनी रोग हो। हाम्रो शरीरमा भएको चिनीको मात्रा जसलाई ग्लुकोज भनिन्छ। मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रुपमा प्रवेश गर्छ र त्यसबाट कोष संचालन गर्ने शक्ति आउँछ। ग्लुकोजको मात्रा हाम्रो शरीरमा सामान्य रुपमा रहनु पर्छ। सामान्य भन्नाले खाली पेटमा ८० देखि ११० सम्मको र खाना खाएको अवस्थामा ८० देखि १४० सम्म यसको मात्रा रहनसक्छ।
सबै मानिसको एउटै मात्रा रहनु पर्छ भन्ने होइन तल माथी रहन सक्छ। तर त्यो सामान्य मात्राभन्दा बढी ग्लुकोजको मात्रा बढ्न थाल्यो र नियन्त्रणमा रहेन भने त्यस्तो अवस्थालाई मधुमेह भनिन्छ।
खाना खाएपछि शरीरमा ग्लुकोजको मात्र बढ्छ। सामान्यतया यस्तो ग्लुकेज शरीरको विभिन्न भागमा प्रयोग हुन्छ। त्यसपछि ग्लुकोजको मात्रा पुनः सामान्य अवस्थामा नै आउँछ। त्यसलाई प्रयोग गराउने भनेको इन्सुलेनले हो। त्यो भनेको हाम्रो पेटको भागमा रहेको प्यानक्रियाज ग्रन्थीले उत्पादन गर्ने हर्मोन हो। इन्सुलिनको काम भनेको शरीरमा बनेको ग्लुकोजलाई शरीरका विभिन्न कोषहरुमा लगेर प्रयोगमा ल्याउने हो।
जब शरीरमा इन्सुलिनको मात्रा कमी हुन थाल्छ वा इन्सुलिनले चाहेको जस्तो काम गर्न नसक्ने अवस्था आउँछ त्यस्तो अवस्थामा शरीरमा ग्लुकोजको मात्रा बढ्दै गएर मधुमेह देखिन्छ।
मधुमेह के कारणले हुन्छ? यसका लक्षण के के हुन्? मधुमेह कति प्रकारका हुन्छन्? युवा उमेरमै किन यो रोग देखिन थालेको छ? यसबाट कसरी जोगिने? लगायतका विषयमा विस्तृत जानकारी भिडियोमा: